― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsबाढीपहिरोमा मृत्यु भएका परिवारलाई कोशी सरकारद्वारा राहत वितरण

बाढीपहिरोमा मृत्यु भएका परिवारलाई कोशी सरकारद्वारा राहत वितरण



३० असोज, झापा । कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरुप रु ३४ लाख ५० हजार वितरण गरेको छ ।

प्रदेश सरकारले बाढीपहिरोबाट मानवीय क्षति भएका इलाम, पाँचथर, झापा सुनसरी, उदयपुर र खोटाङका परिवारलाई राहत वितरण गरेको हो ।

आन्तरिक मालिम तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख षडानन्द भट्टराईका अनुसार सबैभन्दा बढी रु २१ लाख ५० हजार राहतस्वरुप इलाममा वितरण गरिएको छ ।

गत असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षाका कारण इलाममा बाढीपहिरोले ठूलो जनधनको क्षति भएको थियो ।

सरकारले इलामलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । विपद्बाट भएको खोज–अनुसन्धान तथा राहत वितरणसम्बन्धी २०७६ को दफा ९ बमोजिम विपद्मा परेको जिल्लामा राहत वितरण गरेको उनले बताए ।

विपद् शाखा प्रमुख भट्टराईले पाँचथरमा रु चार लाख ५० हजार, भोजपुरमा रु एक लाख, उदयपुरमा रु दुई लाख, खोटाङमा रु एक लाख, झापामा रु दुई लाख ५० हजार र सुनसरीमा रु दुई लाख विपद्मा परी ज्यान गुमाउनेका परिवारलाई राहतस्वरुप वितरण गरिएको जानकारी दिए ।

विपद्मा परी ज्याने गुमाउनेको परिवारलाई रु एक लाख र सोही परिवारको थप सदस्यको मत्ृयु भएमा प्रतिव्यक्ति रु ५० हजारका दरले थपेर राहत विरण गरिएको उनको भनाइ छ ।

उनले प्रदेश सरकारले विपद्‌मा परेका परिवारलाई चामल, दाल, तेल, नुन, बेसार, आलु, ज्याकेट, ब्लाङ्केट, म्याट्रेसलगायत सामग्री राहतस्वरुप वितरण गरेको बताए ।

प्रदेश सरकारले इलाममा पहिरोमा परी ध्वस्त भएका घर निर्माण गर्ने घोषणा गरेको छ । हाल सरकारले जिल्ला प्रशासन इलाममार्फत क्षतिग्रस्त भएका घरको विवरण सङ्कलन गरिरहेको उनले जानकारी दिए ।

प्रदेशकै सबैभन्दा बढी क्षति भएको जिल्ला इलामलाई विपद् प्रतिकार्य र न्यूनीकरण, राहत विरणका लागि थप रु १० लाख जिल्ला प्रशासनमार्फत पठाइएको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More