― Advertisement ―

‘एउटा एकल साइबर घटनाले शारीरिक अवरोध निम्त्याउन सक्छ, सुरक्षा खतराहरू सिर्जना गर्न सक्छ, वा विनाशकारी डाउनटाइम निम्त्याउन सक्छ’: ह्याकरहरूले समुदायहरूलाई बाधा पुर्‍याउन पछिल्लो धक्कामा...

साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले डेटा केन्द्रहरू भित्रको शक्ति र शीतलन प्रणालीहरूमा कमजोरीहरू फेला पारे जसले आक्रमणकारीहरूलाई भौतिक संरचनामा बाधा पुर्‍याउन सक्छ। पढ्नुहोस् थप
HomeLatest newsबाँके–३ बाट एमाले महाधिवेशन प्रतिनिधिमा ठकुरी निर्विरोध  

बाँके–३ बाट एमाले महाधिवेशन प्रतिनिधिमा ठकुरी निर्विरोध  


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले बाँके–३ ले सर्वसम्मतिबाट ५ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ।
  • खुलातर्फ मानबहादुर रुचाल र रत्न खत्री, महिला तर्फ योगमाया बिक र भुमिसरा धिताल चयन भएका छन्।
  • युवा तर्फ विमल मल्ल ठकुरी निर्विरोध चयन भएका छन्, उनी अनेरास्ववियुका पूर्व सचिवालय सदस्य हुन्।

१३ मंसिर, काठमाडौ । नेकपा एमाले बाँके–३ ले पनि सर्वसम्मतिबाट महाधिवेशन प्रतिनिधि टुंग्याएको छ ।

५ जना प्रतिनिधि चयन हुने यो क्षेत्रबाट खुलातर्फ मानबहादुर रुचाल र रत्न खत्री चयन भएका छन् । महिला तर्फ योगमाया बिक र भुमिसरा धिताल चयन भएका छन् ।

पहिलोपटक अभ्यासमा ल्याएको युवामा भने विमल मल्ल ठकुरी चयन भएका छन् । ४० वर्ष मुनिका युवा तर्फ निर्विरोध भएका ठकुरी बाँके एमालेका विद्यार्थी इन्चार्ज हुन् ।

तीन कार्यकाल बाँके एमालेका जिल्ला सदस्य रहिसकेका उनी अनेरास्ववियुका पूर्व सचिवालय सदस्य हुन् ।





Read More