― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsबसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार प्रदान

बसन्त बस्नेतको ‘सिमसारा’लाई विमल गुरुङ कृति पुरस्कार प्रदान


राष्ट्रिय

समाचार.

  • धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को विमल गुरुङ कृति पुरस्कार पत्रकार बसन्त बस्नेतको उपन्यास सिमसारालाई प्रदान गरेको छ।
  • पुरस्कार ३४ औँ राष्ट्रिय कविता महोत्सव र कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा धरानमा बुधबार हस्तान्तरण गरिएको हो।
  • पुस्तकालय व्यवस्थापन समितिले बस्नेतलाई दुई लाख रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ।

१९ कात्तिक, काठमाडौं । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार बसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ ।

३४ औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४ औँ जन्मजयन्तीको अवसरमा बुधबार धरानमा आयोजित एक कार्यक्रमका बीच ‘सिमसारा’का लेखक बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको हो ।

अनलाइनखबरका प्रधान सम्पादक समेत रहेका लेखक बस्नेतलाई पुस्तकालय सञ्चालक समितिले दुई लाख रुपैयाँ नगदसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुरुङ कृति पुरस्कारका लागि आह्वान गरे अनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार, सर्जकहरूबाट १०४ कृति प्राप्त भएका थिए ।

प्राप्त भएका ती कृतिहरुमध्येबाट यसअघि श्रेष्ठ १० कृति छनौट गरिएको थियो । ती मध्येबाट सिमसारा उपन्यास विमल गुरुङ कृति पुरस्कारका निम्ति चयन गरिएको अध्यक्ष गुरुङले बताए ।

‘सिमसारा’ पछिल्लो समयको सामाजिक यथार्थवादी उपन्यास भएकाले पुरस्कारका लागि चयन गरिएको समितिको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More