― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsबन्दीपुरबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू) – KhabarHost

बन्दीपुरबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • बन्दीपुर गाउँपालिकाले २०२५ लाई बन्दीपुर भ्रमण वर्ष घोषणा गरेको छ।
  • बन्दीपुरमा पर्यटकका लागि ‘होमस्टे’ सञ्चालन गरिएको छ।
  • बन्दीपुरको मुख्य पर्यटकीय आकर्षण हिमशृङ्खलाका दृश्यहरू र मिनी ग्रेटवाल हुन्।

२९ कात्तिक, काठमाडौं । बन्दीपुर तनहुँको प्रमुख पर्यटकीय स्थल हो । हालको बन्दीपुर गाउँपालिका राज्य पुनर्संरचना हुनुअघि नगरपालिका थियो ।

बन्दीपुरमा रहेका पर्यटकीय स्थललाई प्रचार प्रसार गर्न र पर्यटक भित्र्याउन पालिकाले पनि प्रयास जारी राखेको छ । त्यसै अनुसार बन्दीपुर भ्रमण वर्ष २०२५ घोषणा गरिएको छ ।

पालिकाले भ्रमणमा आउने पाहुनलाई स्वागत गर्नुका साथै सुरक्षित बसोबासका लागि ‘होमस्टे’हरु पनि सञ्चालन गरेको छ ।

बन्दीपुरको बस्ती नै पर्यटकी स्थल हो । यहाँका पुराना मोडेलका घरहरू अझ पनि छन् । तर, केही विस्थापित भएका छन् ।

बन्दीपुरमा पर्यटकका लागि मुख्य आकर्षण भनेको हिमशृङ्खलाका दृश्यहरू हुन् । जहाँबाट पश्चिमका धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, पूर्वतर्फका मनास्लु, गणेश र लाङटाङ, हिमशृङ्खला देखिन्छन् । यी दृश्यहरू मनमोहक छन् । यी मनै लोभ्याउने दृश्य हेर्य पर्यटकहरू त्यहाँ पुग्ने गर्छन् ।

बन्दीपुरमा हिउँदको समयमा धेरै पर्यटक पुग्छन् । यो समय मौसम मुख्यतया सफा रहने भएकोले हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्ने गर्छ ।

बन्दीपुरमा पर्यटकलाई आकर्षण गर्नका लागि ‘मिनी ग्रेटवाल’ निर्माण गरिएको छ । जसले चीनको ग्रेटवालको झल्को दिने गर्छ ।

    

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More