― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsबजेटमा गरिएका साढे २ प्रतिशत प्रतिबद्धता मात्रै पूर्ण कार्यान्वयनमा

बजेटमा गरिएका साढे २ प्रतिशत प्रतिबद्धता मात्रै पूर्ण कार्यान्वयनमा



१६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको बजेटमा गरिएका अर्थतन्त्र सम्बन्धी व्यवस्थाहरू मध्ये एउटा मात्रै पूर्ण कार्यान्वयन भएको छ । बजेटमा गरिएका अर्थतन्त्रतर्फका व्यवस्थाहरूका २.४ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षको बजेटमा अर्थतन्त्रसँग सम्बन्धी ७४ वटा बुँदा राखिएको छ । सोमध्ये उद्योग क्षेत्रका २७, उर्जा तथा पूर्वाधारका १४, पर्यटन ९, लगानी तथा वित्तीय क्षेत्रका ८, कृषिका ७, सूचना प्रविधिका ६ र शिक्षा तथा रोजगारी क्षेत्रका ३ रहेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उदोग क्षेत्रको एक र ऊर्जा तथा पूर्वाधार क्षेत्रका लागि गरिएको एक गरी २ बुदाको पुर्ण कार्यान्वयन भएको नेपाल उद्योग परिसंघले जनाएको छ ।

परिसंघको बजेट कार्यान्वयनको अवस्था विश्लेषण गर्न बजेट वाच कार्यक्रमको विश्लेषण अुनसार पूर्ण कार्यान्वयन भएका बुँदागत व्यवस्था २ अर्थात २.७ प्रतिशत छ । त्यसैगरी ५१.४ प्रतिशत बुँदा उपर कुनै पनि काम भएको छैन । तर, पहिलो त्रैमासमा आंशिक काम भएका बुँदाहरु ४५.९ प्रतिशत रहेको परिसंघले जनाएको छ ।

बजेटको प्रभावकारी कार्यान्वयन होस् भन्ने उद्देश्यले सार्वजनिक निजी संवाद बजेट वाच सञ्चालन गर्दै आएको परिसंघका अध्यक्ष विरेन्द्र राज पाण्डेले बताए । समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्वपूर्ण हुने बताउँदै पाण्डेले वित्त नीतिले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरू सहायक बन्नुपर्ने तर्क राखेका छन् ।

बजेटको सफल कार्यान्वयनले नै पूँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुने उनको भनाइ छ । त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण रहेको उनी बताउँछन ।

त्यसैले प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रतर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा बजेट वाच पहल सुरु हो । बजेट बाच बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरूको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो ।

औद्योगिक विकासका सम्बन्धमा बजेटमा बोलिएका विषयहरूको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए । त्यसले स्वदेशी उत्पादन बढाउन र आयात प्रतिस्थापन गर्न सहयोग गर्ने उनको भनाइ छ । स्वदेशी उत्पादन बढाउन सकिएन भने आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने उनको बुझाइ छ । आत्मनिर्भर अर्थतन्त्रले मात्रै दिगो रुपमा आर्थिक समृद्धि हासिल गर्न सकिने उनी बताउँछन । नीति स्थिर हुने, उत्पादनमूलक उद्योगलाई संरक्षण गर्ने र उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने हो भने औद्योगिकरणका माध्यमबाट छोटो समयमै आर्थिक विकास गर्न सकिने पाण्डेको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More