― Advertisement ―

Hostinger ले साना व्यवसाय मालिकहरूलाई सात AI विशेषज्ञहरूमा तत्काल पहुँच दिन्छ, प्रत्येक महिना धेरै महँगो सल्लाहकारहरू भर्ती नगरी हजारौं बचत गर्दछ।

साना व्यवसायहरूमा होस्टिङ व्यवसायहरू प्रदान गर्दछ। कार्यहरूप्रत्येक एआई एजेन्टले एक अनुशासनमा विशेषज्ञता दिन्छ, केन्द्रित विशेषज्ञता प्रदान गर्दछएटलस अनबोर्डिङ एजेन्टले समस्याहरू पहिचान गर्दछ र मिनेटमा...
HomeLatest newsबजाज चेतक ईभीमा धिरेनले लिए कोरला यात्राको अनुभव – KhabarHost

बजाज चेतक ईभीमा धिरेनले लिए कोरला यात्राको अनुभव – KhabarHost


राष्ट्रिय

समाचार.

  • विद्युतीय सवारी पारखी धिरेन मान श्रेष्ठले बजाज चेतक ईभीमा काठमाडौंबाट लोमान्थाङ हुँदै अपर मुस्ताङको कोरला यात्रा अनुभव लिएका छन्।
  • श्रेष्ठले चुनौतीपूर्ण भू–भागमा पनि चेतक ईभीले सहज यात्रा गरेको र यसको विश्वसनीयता प्रमाणित भएको बताए।
  • उनले भने, ‘एउटा इलेक्ट्रिक स्कुटरमा यति कठिन परिस्थितिको यात्रा पनि सहजै गर्न सकिन्छ भनेर मैले कल्पना गरेको थिएन।’

१९ कात्तिक, काठमाडौं । विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज चेतक ईभीमा अपर मुस्ताङको कोरला यात्रा अनुभव लिएका छन् ।

उनले काठमाडौंबाट लोमान्थाङ हुँदै नेपालको उच्च हिमाली क्षेत्र अपर मुस्ताङको कोरला सीमासम्म यात्रा गरे । यस यात्राले चेतक ईभीको विश्वसनीयता र क्षमता प्रमाणित भएको उनले बताए । चुनौतीपूर्ण भू–भागहरूमा समेत यात्रा सहज भएको उनले बताए ।

‘एउटा इलेक्ट्रिक स्कुटरमा यति कठिन परिस्थितिको यात्रा पनि सहजै गर्न सकिन्छ भनेर मैले कल्पना गरेको थिएन’ श्रेष्ठले भने ‘काठमाडौंको व्यस्त सडकदेखि लोमान्थाङका उकाली–ओराली मार्ग र कोरला सीमासम्म यो स्कुटरले उत्कृष्ट प्रदर्शन गर्‍यो ।’

यसको स्मुथ पावर डेलिभरी, प्रभावशाली रेञ्ज र उच्च गुणस्तरको सस्पेन्सनले यात्रा अनुभव आनन्ददायी रहेको उनको भनाइ छ ।

अब ईभीले शहरभित्रका आवागमनका साथै उच्च हिमाली यात्राका लागि पनि सक्षम छन् भन्ने विषयलाई यो यात्राले पुष्टि गरेको श्रेष्ठले बताए । बजाज चेतक ईभीले नेपालमा व्यक्तिगत गतिशीलताको परिभाषा परिवर्तन गर्दै, प्रयोगकर्ताहरूलाई आराम, स्टाइल र प्रदर्शनमा कुनै सम्झौता नगरी वातावरणमैत्री विकल्प उपलब्ध गराएको छ ।

 





Read More