― Advertisement ―

के तपाईको Xbox नियन्त्रकले हालसालै ब्याट्री समावेश नगरी पठाएको थियो? माइक्रोसफ्टले अन्ततः मुद्दालाई स्वीकार गरेको छ र खेलाडीहरूलाई ‘एक पटकको प्रस्ताव’ को साथ क्षतिपूर्ति...

केही Xbox ब्याटर शिपिङ बिना वायरलेस कन्ट्रोलरहरू छन्। महिनाहरूMicrosoft ले अब खेलाडीहरूलाई आफ्नो हराएको वस्तु नि:शुल्क दाबी गर्न "एक पटकको प्रस्ताव" प्रदान गरिरहेको छखेलाडीहरूले...
Homeराष्ट्रिय समाचार‘फोटो नेपाल’ मा इटालियन फोटोग्राफरका फोटो प्रदर्शनी

‘फोटो नेपाल’ मा इटालियन फोटोग्राफरका फोटो प्रदर्शनी


राष्ट्रिय

समाचार.

  • नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ अभियानमा इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराका २५ तस्वीर १७ देखि १९ कात्तिकसम्म प्रदर्शनीमा राखिएको छ।
  • फोटो नेपाल अभियान फेब्रुअरी २०१६ मा सुरु भएको हो र हालसम्म ११ हजारभन्दा बढी सदस्यबाट २५ हजार फोटो संग्रह गरिएको छ।
  • निर्देशक हिक्मतसिंह ऐरले नेपालका उत्सव र संस्कृतिले विश्वका विभिन्न समाजसँग भावनात्मक सम्बन्ध बाँध्ने क्षमता राख्ने बताए।

१६ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ नामक नियमित दृष्य संवाद अभियानमा यस पटक इटालियन फोटोग्राफरका तस्वीर प्रदर्शनीमा राखिएको छ ।

बोर्डका अनुसार ‘अ टेल अफ टु ल्यान्ड्स : नेपाल मिट्स सिसिली’ नामक फोटो प्रदर्शनी १७ देखि १९ कात्तिकसम्म प्रदर्शनीमा राखिएको छ ।

इटालियन फोटोग्राफर भ्यालेन्टिना ब्रान्काफोर्तेछाराले खिचेका नेपाल र इटालीका विविधता झल्किने २५ तस्वीर प्रदर्शनीमा राखिएको छ । बोर्ड परिसरमा राखिने प्रदर्शनीमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

फोटो नेपाल अभियान फेब्रुअरी २०१६ मा प्रख्यात स्विस भूवैज्ञानिक टोनी हेगन फोटो प्रदर्शनीसँगै सुरु भएको हो । नेपालका विविध प्राकृतिक, सांस्कृतिक र मानवीय पाटा विश्वसामु प्रस्तुत गर्ने उद्देश्यसाथ सुरु गरिएको बोर्डले जनाएको छ ।

यो अभियान अन्तर्गत डिजिटल फोटो पोर्टलमा सबैले फोटो राख्न र हेर्न सकिन्छ । हालसम्म ११ हजारभन्दा बढी सदस्यबाट २५ हजार फोटो संग्रह गरिसकिएको समेत बोर्डले जानकारी दिएको छ ।

बोर्डका निर्देशक हिक्मतसिंह ऐरले नेपालका उत्सव र संस्कृतिले विश्वका विभिन्न समाजसँग भावनात्मक सम्बन्ध बाँध्ने क्षमता राख्‍ने बताए ।

हेर्नुहोस् तस्वीरहरू :

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More