― Advertisement ―

मार्वलको वोल्भरिनमा एक्स-मेन अवस्थित छैन किनभने म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्, इन्सोम्नियाक भन्छन् – ‘हामी मानिसहरूलाई सम्झाउन चाहन्छौं कि म्युटेन्टको लागि अस्तित्व सुरक्षित छैन।...

Insomniac मा खेलहरू अवस्थित छन् भन्छन्। Marvel's Wolverine किनकि म्युटेन्टहरू यस संसारमा सुरक्षित छैनन्कथा निर्देशक वाल्ट विलियम्स भन्छन् कि म्युटेन्टहरू बाहिरका हुन्, र लोगानको...
HomeLatest newsफेकोन स्टोर्टस विक सम्पन्न, बीएफसी क्लबको उत्कृष्ट प्रदर्शन

फेकोन स्टोर्टस विक सम्पन्न, बीएफसी क्लबको उत्कृष्ट प्रदर्शन



२९ कात्तिक, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) द्वारा आयोजित स्पोर्टस विक सम्पन्न भएको छ । कात्तिक २८ र २९ गते सम्पन्न प्रतियोगितामा खेलाडीहरूको उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक प्रदर्शन उल्लेखनीय रहेको आयोजकले जनाएको छ ।

फुटसलमा ब्रोदरहुड फुट्सल क्लव (बीएफसी) विजयी भएको छ । रबिन केसी र सुधन रायमाझी स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगितामा बिएफसी विजयी बनेको हो । शुभयात्रा एफसी उपविजेता बनेको थियो ।

प्रबल रेग्मी तथा उपेन्द्र थापा स्मृतिको चेस प्रतियोगितामा बिएफसी क्लवका सम्राट पाण्डे विजेता र सुजन खड्का उपविजेता बने । सरोज थापा स्मृतिको टेबल टेनिस प्रतियोगितामा शुभयात्राका सन्दीप उप्रेती विजेता बने भने बीएफसीका सत्येन्द्र झा उपविजेता बने ।

पहिलो महिला ब्याडमिन्टन च्याम्पियनसिपमा समेत बीएफसी क्लवकै मन्दिरा श्रेष्ठ विजेता र पुनम प्रजापति उपविजेता बनिन् ।

विजेता तथा उपविजेताहरूलाई बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय–शिक्षा तथा योजना महाशाखाका महाशाखा प्रमुख रुद्र शर्माले पुरस्कार वितरण गरे ।

कार्यक्रममा स्व. सरोज थापाका छोराछोरी तथा स्व. रबिन केसीकी श्रीमती र सन्तानको विशेष उपस्थिति रही कार्यक्रम अर्थपूर्ण बनेको आयोजकले जनाएको छ ।

कार्यक्रम फेकन महासचिव दिपेन्द्र पोखरेलको सञ्चालन र अध्यक्ष उमेश कुश्वारको नेतृत्वमा सम्पन्न भएको थियो। कार्यक्रम समन्वय फेकन ईभेन्ट म्यानेजमेन्ट कमिटीका संयोजक निराजन रोक्का तथा टिमले गरेका थिए ।

समापन समारोहमा महाशाखा प्रमुख रुद्र शर्माले निकट भविष्यमा फेकनसँग सहकार्य गर्दै ‘शैक्षिक परामर्श सेवा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाए ।

कार्यक्रमको उद्घाटन एन्फाका सहमहासचिव बद्री भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो। प्रतियोगिताले खेलकुदमार्फत सहकार्य, एकता र स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने सफल प्रयासका रूपमा सम्पन्न भएको सचिव राजकुमार ढकालले जानकारी दिएका छन् ।





Read More