― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsफिलिपिन्समा अर्को शक्तिशाली आँधीको चेतावनी, १२ लाख मानिस स्थानान्तरण

फिलिपिन्समा अर्को शक्तिशाली आँधीको चेतावनी, १२ लाख मानिस स्थानान्तरण


राष्ट्रिय

समाचार.

  • फिलिपिन्समा फुङ–वोङ नामक सुपर आँधीको चेतावनीपछि १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
  • फुङ–वोङ आँधीले पूर्वी तटमा प्रवेश गर्दा एक जनाको मृत्यु भएको छ र भारी वर्षाको पूर्वानुमान गरिएको छ।
  • मनिला र लुजोनमा विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् र करिब ३०० उडानहरू रद्द भएका छन्।

२३ कात्तिक, काठमाडौं । फिलिपिन्समा फुङ–वोङ नामक शक्तिशाली आँधीको चेतावनीपछि १२ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । आँधी पूर्वी तटमा प्रवेश गर्नुअघि आएको बाढीले एक जनाको मृत्यु भएको छ ।

केही दिनअघि मात्रै फिलिपिन्समा शक्तिशाली आँधी कालमेगीका कारण २२० जनाको मृत्यु भएको थियो । फुङ–वोङ नामक आँधीले फिलिपिन्समा पुन: वितण्डा मच्चाउने आशंका छ । आँधीसँगै देशका धेरै क्षेत्रमा भारी वर्षाको पूर्वानुमान छ ।

फिलिपिन्सको पूर्वी क्षेत्र बिकोल आइतबार बिहानै आँधीको चपेटमा परेको थियो । आइतबार रातिसम्म आँधी लुजोल द्वीपसम्म पुग्ने अनुमान छ । लुजोन द्वीप फिलिपिन्सको सबभन्दा धेरै जनघनत्व भएको क्षेत्र हो ।

मौसम सेवा पगासाका अनुसार फुङ–वोङ आँधीका दौरान १८५ किलोमिटर प्रतिघण्टाका दरले हावा बहने र मुसलधारे वर्षा हुने अनुमान गरिएको छ ।

फुङ–वोङलाई ‘सुपर आँधी’को दर्जा दिइएको छ । स्थानीयस्तरमा यो आँधीलाई उवान भनिन्छ ।

मुख्य टापु लुजोनसहित राजधानी मनिलामा सोमबारका लागि विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् । मनिलामा मात्रै करिब ३०० उडानहरू रद्द गरिएका छन् ।

मौसमविद्हरूका अनुसार फुङ–वोङले देशका विभिन्न भागमा कम्तीमा २०० मिलिमिटर वर्षा गराउने अनुमान छ ।

वैज्ञानिकहरूले मानव–सिर्जित जलवायु संकटका कारण यस्ता आँधीहरू थप शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन् ।

तातो समुद्रले तुफानलाई छिट्टै बलियो बनाउँछ र तातो वातावरणले बढी आर्द्रता सम्हाल्ने भएकाले वर्षा पनि झन् शक्तिशाली विज्ञहरूको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More