― Advertisement ―

इन्धन संकटका कारण युकेमा EVs ले आफ्नो अहिलेसम्मकै उत्कृष्ट महिना बिताएको छ — एउटा चिनियाँ ब्रान्डले ठूलो जित हात पारेको छ।

UK %6 बाट नयाँ कार बजार। मार्चब्याट्री विद्युतीय सवारी साधनको ठूलो योगदान थियोद Jaecoo 7 बेलायतको सबैभन्दा धेरै बिक्रि हुने कार बनेको छ id="elk-ed444855-d6a2-42c6-8e39-6ac22019fda8">नयाँ...
HomeLatest newsप्रिमियर लिगमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो

प्रिमियर लिगमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकियो


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिष फुटबलमा आर्सनल सन्डरल्यान्डसँग २-२ को बराबरीमा रोकिएको छ।
  • आर्सनलले ११ खेलमा २६ अंक जोडेको छ भने सन्डरल्यान्ड १९ अंकसहित चौथो स्थानमा छ।
  • खेलमा सन्डरल्यान्डले सुरुवाती अग्रता लिएको थियो र इन्जुरी समयमा बराबरी गोल गरेको थियो।

२३ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिष फुटबलमा शीर्षस्थानको आर्सनल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा आर्सनल सन्डरल्यान्डसँग २-२ को बराबरीमा रोकिएको हो ।

खेलमा सुरुवाती अग्रता भने सन्डरल्यान्डले लिएको थियो । ३६औं मिनेटमा डानियल बलार्डले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ५४औं मिनेटमा बुकायो साकाले गोल गर्दै बराबरीमा ल्याए ।

७४औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । इन्जुरी समयमा ब्रायन बोबेले गोल गर्दै सन्डरल्यान्डलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्षस्थानको आर्सनलको ११ खेला २६ अंक भएको छ । सन्डरल्यान्ड १९ अंकसहित चौथो स्थानमा छ ।





Read More