― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest newsप्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी – KhabarHost

प्रिमियर लिगमा लिभरपुल र फुलहमको रोमाञ्चक बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहमबीच २-२ गोलको रोमाञ्चक बराबरी भएको छ।
  • फुलहम २८ अंकसहित ११औं स्थानमा उक्लिएको छ भने लिभरपुल ३४ अंकसहित चौथो स्थानमा छ।
  • ब्रेन्टफोर्डले एभर्टनलाई ४-२, न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गरेका छन्।

२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुल र फुलहमले रोमाञ्चक बराबरी खेलेका छन् ।

फुलहमको घरेलु मैदानमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको हो । निर्धारित समय १-१ को बराबरीमा सकिन लाग्दा इन्जुरी समयमा फेरि दुवै तर्फबाट गोल भएका थिए ।

खेलको १७औं मिनेटमा ह्‍यारी विल्सनले गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ५७औं मिनेटमा फ्लोरिन विट्जले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

इन्जुरी समयको चौथो मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई जित दिलाउने प्रयास गरेपनि त्यसको तीन मिनेटपछि ह्‍यारिसन रीडले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

बराबरीपछि फुलहम २८ अंकसहित ११औं स्थानमा उक्लिएको छ । लिभरपुल ३४ अंकसहित चौथोमा यथावत् छ ।

गएराति नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले एभर्टनलाई ४-२ गोलअन्तरले पराजित गर्‍यो भने न्युकासलले क्रिस्टल प्यालेसलाई २-० गोलअन्तरले पराजित गर्‍यो ।

म्यान्चेस्टर युनाइटेड र लिड्स युनाइटेडले १-१ गोलको बराबरी खेले ।





Read More