राष्ट्रिय
समाचार.
- म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा फुलहमलाई ३-२ ले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।
- खेलमा क्यासमिरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले एक-एक गोल गरे भने फुलहमका राउल जिमेनेज र केभिनले गोल गरे।
- जितपछि म्यान्चेस्टर युनाइटेड २४ खेलमा ४१ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने फुलहम नवौं स्थानमा छ।
१८ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले फुलहमलाई पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले फुलहमलाई ३-२ ले पराजित गरेको हो ।
युनाइटेडको जितमा क्यासमिरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले एक-एक गोल गरे । फुलहमका राउल जिमेनेज र केभिनले एक-एक गोल गरे ।
खेलको १९औं मिनेटमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६औं मिनेटमा कुन्हाले युनाइटेडको अग्रता दोब्बर पारे ।
फुलहमले ६५औं मिनेटमा गोल गरेको भएपनि भीएआरले अफसाइड मान्यता दिँदा युनाइटेडको अग्रता कायमै रहेको थियो ।
८५औं मिनेटमा जिमेनेजले पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । इन्जुरी समयको दोस्रो मिनेटमा केभिनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
लगत्तै चौथो मिनेटमा बेन्जामिन सेस्कोले गोल गरेपछि युनाइटेडले फेरि अग्रता लियो र लामो समय चलेको इन्जुरी समयभर त्यसलाई जोगायो ।
जितपछि २४ खेलमा ४१ अंक भएको म्यान्चेस्टर युनाइटेड चौथो स्थानमा उक्लिएको छ भने फुलहम ३४ अंकसहित नवौं स्थानमा छ ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

