राष्ट्रिय
समाचार.
- इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलले लिड्स युनाइटेडलाई ४-० ले पराजित गरेको छ।
- आर्सनलका मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस र गाब्रियल जेससले एक-एक गोल गरे।
- आर्सनलले २४ खेलमा ५३ अंकसहित शीर्षस्थान कायम गरेको छ।
१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० ले पराजित गर्यो ।
आर्सनलको जितमा मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस र गाब्रियल जेससले एक-एक गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलको २७औं मिनेटमा जुबिमेन्डीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा विपक्षी गोलरक्षक कार्ल डार्लोबाट आत्मघाती गोल हुँदा पहिलो हाफमा २-० ले अगाडि रह्यो ।
दोस्रो हाफको ६९औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल गरेपछि आर्सनल ३-० ले अघि बढ्यो, त्यसपछि ८६औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै ४-० को जित पक्का गरे ।
जितपछि शीर्षस्थानको आर्सनलको २४ खेलमा ५३ अंक भएको छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको २३ खेलमा ४६ अंक छ ।
पराजित लिड्स २६ अंकसहित १६औं स्थानमा छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

