― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsप्रहरीको मनोबल उकास्ने, शान्तिपूर्ण चुनाव गराउने – KhabarHost

प्रहरीको मनोबल उकास्ने, शान्तिपूर्ण चुनाव गराउने – KhabarHost



२६ कात्तिक, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट प्रहरी महानिरीक्षक नियुक्त भएका दानबहादुर कार्कीले भोलि (बिहीबार)बाट औपचारिक रूपमा संगठनको नेतृत्व सम्हाल्नेछन् ।

मुख्य तीन प्रतिस्पर्धी (राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह)लाई पछि पार्दै वरीयताको पहिलो नम्बरमा रहेका कार्की नेपाल प्रहरीको ३३औं आईजीपी बने । कार्कीले जुन जिम्मेवारी प्राप्त गरे, त्यो भन्दा बढी उनले निर्वाह गर्ने भूमिका महत्वपूर्ण छ ।

तर, आईजीपीको कुर्सीमा बसेर हरेक दिन गर्ने कामको मूल्यांकन नागरिकस्तरबाट समेत हुने भएकाले अबका २९ महिना कार्कीको परीक्षा हुनेछ ।

संगठनका जवानदेखि आफ्ना सहकर्मीसम्मले गरेको कामले प्रहरी संगठनको मात्रै नभएर सरकारकै प्रतिनिधित्व गर्ने भएकाले कार्की अब २९ महिना पूरापुर परीक्षामै रहनेछन् । यो अवधिमा उत्कृष्ट नतिजासहित उनी उत्तीर्ण हुन्छन् वा अघिल्ला आईजीपीहरूकै जस्तो औसत प्रदर्शनबाट अवकाशमा जान्छन्, त्यो आगामी दिनले बताउला ।

कार्की यस्तो समयमा आईजीपी बनेका छन्, शान्ति सुरक्षाको हिसाबले निकै चुनौतीपूर्ण छ । आन्दोलनपछि त्रसित बनेको प्रहरी, स्रोत-साधनबिनै काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति र यही समयमा सम्पन्न गर्नुपर्ने चुनावका कारण अहिलेको अवस्था निकै चुनौतीपूर्ण छ ।

२३ र २४ भदौमा जेनजीको प्रदर्शनमा सबैभन्दा बढी क्षति भएको संगठन नेपाल प्रहरी हो । जेनजीको आन्दोलनमा एक असई, सहायक हवल्दार र जवान गरी तीन जना प्रहरी मारिए । सँगै ठूलो मात्रामा भौतिक क्षति भयो ।

देशभर साढे ४०० प्रहरी कार्यालयमा तोडफोड र आगजनी भयो । प्रहरीका बर्दी लुटिए, हतियार खोसिए, कुटिए, मारिए, केहीले आत्मसमर्पण गरेर ज्यान बचाए । ९८ हजार राउन्ड गोली हराए । यी सबै घटनाक्रमले प्रहरी निकै थिलथिलो बनेको प्रष्ट हुन्छ । भौतिक क्षति एकातिर छ, अर्कोतिर यो घटनाले प्रहरीको मनोबलसमेत गिरेको छ ।

मनोबल गिरेको प्रहरीको आत्मबल उठाउनुपर्ने जिम्मा अब कार्कीको काँधमा आइपुगेको छ । उच्च मनोबलका साथ प्रहरीलाई ड्युटीमा खट्ने वातावरण उनले कसरी बनाउँछन् त्यो हेर्न बाँकी छ । जेनजी आन्दोलनको दोस्रो दिन कार्की आफैं फिल्डमै थिए । उनले यी सबै घटनालाई नजिकबाट नियालेका छन् ।

प्रहरीको गिर्दो मनोबलका बीच ७ मंसिरमा दुर्गा प्रसाईंले आन्दोलन घोषणा गरेका छन् । पूववर्ती सरकार तथा सुरक्षा संयन्त्रले यसअघि जेनजीले घोषणा गरेको आन्दोलनलाई नजरअन्दाज गर्दा ठूलो क्षति भएको थियो ।

अहिले सुरक्षा निकाय झनै थिलथिलो भएको अवस्थामा प्रसाईं समूहले गरेको आन्दोलन घोषणा अर्को चुनौतीको रूपमा हेरिएको छ । जसरी चन्द्रकुवेर खापुङले कमान्ड सम्हालेर खादामाला लगाउँदालगाउँदै जेनजीले आन्दोलन गरेका थिए, ठिक अहिले त्यस्तै परिस्थिति नवनियुक्त आईजीपी कार्कीमाथि पनि आइपरेको छ ।

प्रसाईंको आन्दोलन हिंसा, तोडफोडरहित कसरी बनाउने भन्ने नवनियुक्त आईजीपीको पहिलो परीक्षाको रूपमा हेरिएको छ ।

जेनजी आन्दोलनमा ७६ जना मारिए । ठूलो भौतिक क्षति भयो । सर्वोच्च अदातलतदेखि, सिंहदरबार, जिल्ला अदालतहरू, महान्यायाधिवक्ता कार्यालय, सरकारी भवनहरू, भाटभटेनी सुपरमार्केट, नेताका घरहरू जलाइए । गाडीहरू नष्ट गरियो ।

अब यी दुवैतर्फको घटना छानबिन गरेर कारबाही गर्नुपर्ने चुनौती छ । २४ भदौको आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरेर अहिले प्रहरीले धमाधम कारबाही गरिरहेको छ । तर सबैको चासो २३ भदौमा गोली चलेको घटनामा अब कसरी कारबाही हुन्छ भन्ने छ ।

सरकारले यो घटनाको छानबिन गर्न भनेर विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरी काम गरिरहेको छ । यही घटनालाई जोडेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी परे पनि त्यो तामेलीमा राखिएको छ ।

भोलिका दिनमा आयोगले छानबिन गरी कारबाही सिफारिस गरेको अवस्थामा कार्यान्वयनको पाटो भने प्रहरीकै काँधमा आइपर्ने निश्चित छ । यस्तो अवस्थामा हाइप्रोफाइलमाथिको कारबाहीमा प्रहरी कसरी अगाडि बढ्छ भन्ने चासो र चुनौती उत्तिकै छ ।

कार्कीले कमान्ड सम्हालेको चार महिना नपुग्दै देशमा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । २१ फागुनमा हुने निर्वाचन भयरहित र निष्पक्ष बनाउने जिम्मेवारी पनि प्रहरीकै काँधमा छ, अर्थात् यसको जिम्मेवारी नवनियुक्त आईजीपी कार्कीको काँधमा छ ।

सरकारले पनि तोकिएकै मितिमा निर्वाचन हुने बताउँदै आएको छ । तर नेकपा एमालेले भने चुनाव नहुने बताउँदै आएको मात्रै छैन, टोलटोलमा आफ्नै सुरक्षा दस्ता गठन गर्न थालेको छ ।

दैनिक र्‍यालीहरू निस्कन थालेका छन् । सरकारले चुनाव भनिरहँदा यस्ता गविविधिले सुरक्षा चुनौती थप्दै लगेको छ ।

ठूलो संख्यामा लुटिएका प्रहरीका हतियार अहिलेसम्म फेला नपर्नु, ५ हजारभन्दा बढी कैदीबन्दी अझै पनि फरार हुनु र यही समयमा चुनाव हुनुले सुरक्षा चुनौती उच्च रहेको सुरक्षा निकायहरूको विश्लेषण छ ।

यस्तो अवस्थामा फरार कैदी र लुटिएका हतियार चुनावमा प्रयोग हुनसक्ने जोखिम पनि उत्तिकै छ । यही जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले दलहरूले नै लुटिएका हतियार र फरार कैदी चुनावमा प्रयोग गर्दैनौं भनेर स्वघोषणा गर्नुपर्ने बताइसकेका छन् ।

गृहमन्त्री अर्यालको यो भनाइले हतियार र फरार कैदी सुरक्षाको हिसाबले चुनौतीपूर्ण बन्छन् भन्ने प्रष्ट संकेत गरेको छ । यो चुनौतीपूर्ण अवस्थालाई सामान्य बनाउने जिम्मा पनि नवनियुक्त आईजीपी कार्कीको काँधमा आइपुगेको छ ।

यति मात्रै होइन, २०८४ मा हुने प्रदेश र स्थानीय तहको निर्वाचनमा समेत कार्की नै प्रहरी नेतृत्वमा रहनेछन् । यी सबै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएर शान्ति सुरक्षा मजबुत बनाएको अवस्थामा मात्र कार्कीलाई सफल आईजीपीको रूपमा इतिहासले सम्झनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More