― Advertisement ―

सर्फशार्कको फास्टट्र्याकले अब 2.000 भन्दा बढी सर्भरहरू कभर गर्दछ – तपाईंको शहर पनि सूचीमा हुन सक्छ

यसको हजारौं सर्फिङ्ट सर्भिसको सर्फिङमा थप्नुहोस् सुविधाप्रविधिले अब २.००० भन्दा बढी सर्भरहरू फैलाएको छVPN ले थप विस्तारको लागि प्रयोगकर्ता प्रतिक्रिया सङ्कलन गरिरहेको छयो अगस्ट...
Homeराष्ट्रिय समाचारप्रहरी हत्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर

प्रहरी हत्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर


मृतक जवान उत्तम थापा र असई मिलन राय


राष्ट्रिय

समाचार.

  • जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न भएको आरोपमा मुद्दा दर्ता गरिएको छ।
  • महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न दुई नाबालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ।
  • २४ भदौको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने हत्यामा संलग्न पाँच जना पक्राउ परेका छन् र पुर्पक्षका लागि कारागार चलान भएका छन्।

१९ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई प्रहरीको हत्यामा नाबालक पनि संलग्न आरोप लागेको छ ।

हत्यामा संलग्न रहेको तस्वीर र भिडियोमा देखिएको आरोपमा प्रहरीले नाबालकविरुद्ध मुद्दा दर्ता गरेको हो । महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्यामा नाबालक पनि देखिएपछि उनीहरू विरुद्ध मुद्दा चलाइएको छ ।

दुई नाबालकविरुद्ध ज्यानसम्बन्धी कसुर र आपराधिक उपद्रवको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

२४ भदौको जेनजी आन्दोलनमा राय र थापाका साथै प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत अमृत गुरुङको हत्या भएको थियो । प्रहरी हत्या आरोपमा पक्राउ परेका ५ जनाविरुद्ध यसअघि नै मुद्दा चलेको थियो ।

असई रायको हत्या आरोपमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ घर भएका ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता भएकोमा दुबै जना पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

त्यसैगरी प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासे घर भएका २१ वर्षीय सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ पक्राउ परेका थिए । उनीहरू पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका कैलालीका अनुयम भण्डारी पनि पुर्पक्षका लागि कारागार चलान भएका थिए । जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More