― Advertisement ―

यहाँ 11 TV हरू छन् जसमा म NBA Playoffs हेर्न सिफारिस गर्छु — $1,700 सम्म छुट 4K, QLED र OLED TV हरू

यो सप्ताहन्तमा NBA प्लेअफ सुरु हुन्छ, र यदि तपाइँ आफ्नो मनपर्ने टोली हेर्नको लागि आफ्नो डिस्प्ले अपग्रेड गर्न खोज्दै हुनुहुन्छ भने, तपाइँ Best...
HomeLatest newsप्रशान्त तामाङको शवलाई दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

प्रशान्त तामाङको शवलाई दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने


राष्ट्रिय

समाचार.

  • गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
  • दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ।
  • प्रारम्भिक रिपोर्टमा कार्डियाक अरेस्टले उनको निधन भएको जनाइएको छ र शल्यपरिक्षणको काम दिल्लीको दिनदयाल अस्पतालमा भइरहेको छ।

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

दार्जिलिङको जीटीए सरकारले सोमबार नयाँ दिल्लीबाट प्रशान्तको शवलाई दार्जिलिङ लैजाने भएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा अहिले शल्यपरिक्षणको काम चलिरहेको जानकारी प्रशान्त निकट कलाकार राजेश घतानीले दिए ।

उनका अनुसार, प्रशान्तको मृत्युको खबर पाउने वित्तिकै अहिलेका उनका पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् । प्रशान्तका बुबाआमाको चाहिँ यसअघि नै निधन भैसकेको छ ।

‘उहाँको अन्त्येष्टि दार्जिलिङमै सम्मानसाथ हुने भएको छ । जीटीए सरकारले भोलि शव लैजानेछ’ घतानीले भने, ‘अहिले शल्यक्रिया चल्दैछ । त्यसपछि मृत्युको वास्तविक कारण थाहा हुनेछ ।’

प्रारम्भिक रिपोर्टमा चाहिँ ‘कार्डियाक अरेस्ट’ ले उनको निधन भएको मिडिया विवरणमा जनाइएको छ । उनको निधनको खबरलाई भारतीय सञ्चारमाध्यमले महत्वको साथ प्रकाशन, प्रसारण गरिरहेका छन् ।

अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएपछि उनको मृत्यु भएको जनाइएको छ । सन् २००७ मा भारतीय टिभी रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजन जितेपछि उनी चर्चामा आएका हुन् ।

त्यसपछि उनले एकदर्जन नेपाली फिल्ममा अभिनय र काम गरेका छन् । उनले दर्जनभन्दा धेरै हिट गीत दिएका छन् । नेपालीभाषीलाई एकताको सूत्रमा बाँध्न उनको योगदान उच्च रहेको जनाइएको छ ।





Read More