― Advertisement ―

Amazon को नयाँ AI बायो डिस्कवरी उपकरणले ‘प्रत्येक अनुसन्धानकर्ता’ लाई ‘ल्याब-इन-द-लूप ड्रग डिस्कवरी’ प्रदान गर्न सक्छ – 40+ AI जीवविज्ञान मोडेलहरूले 300,000 उपन्यास एन्टिबडी...

AWS नयाँ औषधि पत्ता लगाउनुहोस् उपकरणAmazon Bio Discovery ले उच्च कम्प्युटेशनल AI प्रयोगहरूमा प्राविधिक अवरोधहरू हटाउँछउपकरणले औषधि परीक्षणको समयलाई उल्लेखनीय रूपमा कटौती गर्न सक्छ...
HomeLatest newsप्रधानमन्त्रीले सुरू गरिन् द्विपक्षीय राजनीतिक संवाद

प्रधानमन्त्रीले सुरू गरिन् द्विपक्षीय राजनीतिक संवाद



३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातारणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् ।

उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटिन् ।

जेनजी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि गत साता राष्ट्रपतिको अग्रसरतामा शीलतनिवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा अब आफैंले दलहरूसँग छलफल अघि बढाउने प्रधानमन्त्रीले उल्लेख गरेकी थिइन् ।

जेनजीका प्रतिनिधिहरूसँग पनि बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग अब छुट्टाछुट्टै छलफल गर्न थालेकी हुन् ।

शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले जसरी पनि चुनाव गराउन सरकार लागेकोले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।

‘हामीलाई छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको थियो,’ माओवादी उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘उहाँले चुनावका लागि वातावरण बन्छ दलहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ ।’

माओवादीले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकोले त्यसका लागि वातावरण चाहीँ उपयुक्त बन्नुपर्ने बताएको छ । ‘चुनावका लागि चाहिने वातावरण बनाउन सरकारले सबै काम गर्नुपर्छ त्यसका लागि लाग्नुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उपमहासचिव पुनले भने ।

उनीहरूले चुनावका लागि गठन भएको सरकारले अन्यत्र भन्दा चुनावी गतिविधि मै बढ्ता केन्द्रित भएर राजनीतिक माहोल बनाउन लाग्नुपर्ने सुझाव दिएका थिए ।

चुनावका लागि अहिले सुरक्षाको नै भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् । प्रहरीको मनोबल गिरेको अवस्थामा त्यसले चुनावको सुरक्षा गर्ने आत्मबल ल्याउन नसक्ने धारणा दलहरूले राख्दै आएका छन् ।

राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले यसको सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानकर्षण गराएका थिए ।  प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री कार्कीले अब सबै दलका नेताहरूलाई पालोपालो निरन्तर भेट गर्ने कार्यसूची बनाएकी छिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More