― Advertisement ―

RTX 5090s र अन्य उच्च-सक्षम ग्राफिक्स कार्डहरूले केबल पिघ्ने समस्याहरूको जोखिम बोक्न सक्छ – तर Asus ले यो समस्या समाधान गरेको छ भन्ने लाग्छ।

Asus ले घोषणा गरेको छ RO6x21 power केबलकेबलले RTX 5090 जस्ता उच्च-शक्तियुक्त GPU सँग पग्लने समस्याहरू समाधान गर्ने लक्ष्य राख्दछयो अन्य निर्माताहरूबाट सबै PCIe...
Homeराष्ट्रिय समाचारप्रधानमन्त्रीले शीर्ष नेता भेट्न नचाहेको सुन्दा चसक्क भयो : प्रचण्ड – KhabarHost

प्रधानमन्त्रीले शीर्ष नेता भेट्न नचाहेको सुन्दा चसक्क भयो : प्रचण्ड – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।
  • प्रचण्डले आफूले प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सञ्चारमाध्यमबाट सुनेको र चुनावको माहोल बनाउन भूमिका खेलेको नजरअन्दाज गरिएको बताए।
  • प्रधानमन्त्री कार्कीले युवा विद्रोहले तीन शीर्ष नेताको विकल्प खोजेको भन्दै भेट्न इच्छा नरहेको बताएकी थिइन्, जसप्रति प्रचण्डले असन्तुष्टि जनाए।

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले केही दिन अघि प्रधानमन्त्री कार्कीले आफूसहित शीर्ष नेताको अनुहार नै हेर्न नचाहेको बताएको प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

जेनजीको भावना अनुसार कार्कीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको बताउँदै प्रचण्डले संविधान जोगाउन खेलेको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै असन्तोष पोखे ।

आफूले प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सञ्चारमाध्यमबाट सुनेको भन्दै प्रचण्डले भने, ‘मलाई थाहा छैन त्यो साँचो हो कि झुटो हो, हामीले चुनावको माहोल बनाउनका लागि, सुशीलाजीलाई प्रधानमन्त्री बनाउनका लागि, संविधान बचाउनका लागि खेलेको भूमिकालाई जसरी हेर्नुपर्थ्यो त्यसरी हेरिएको छैन कि !’

दलहरूको भूमिकालाई बेवास्ता गरेर प्रधानमन्त्री कार्कीले शीर्ष नेतालाई भेट्नै नचाहनु अनुचित भएको प्रचण्डको टिप्पणी छ ।

‘प्रधानमन्त्रीले फलाना फलाना नेतालाई त म हेर्नै मन लाको छैन भन्नु भो रे, भन्दाखेरि अलि चसक्क त बिझेको छ, मलाई थाहा छैन प्रधानमन्त्रीले त्यस्तो भाषा भन्नुभएको हो कि होइन, तर म आशा गर्छु त्यस्तो हुँदैन,’ उनले भने ।

१४ कात्तिकमा सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले युवा विद्रोहले दलका तीन शीर्ष नेताको विकल्प खोजेको बताउँदै भेट्न इच्छा नरहेको बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड धेरै वर्षदेखि शक्तिमा बसेको भन्दै जेनजी युवाहरूले उनीहरूको विकल्प खोजेको तर्क गर्दै भेट्ने इच्छा नभएको बताएकी थिइन् ।

प्रधानमन्त्री कार्कीको उक्त भनाइप्रति प्रचण्डले असन्तुष्टि जनाएका हुन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More