प्रधानमन्त्री सचिवालयका अनुसार नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धको ६५औँ वर्षगाँठका अवसरमा प्रधानमन्त्री कार्कीले कृतज्ञता र खुशी व्यक्त गर्नुभएको छ । उनले आफ्नो लामो समयदेखिको मित्रतालाई नयाँ उचाइमा पुर्याउन दुवै राष्ट्रबाट निरन्तर संयुक्त प्रयासको आवश्यकतामा जोड दिए।
राजदूत बासले दुई देशबीचको सौहार्दपूर्ण र लामो समयदेखि रहेको सम्बन्धलाई स्वीकार गर्दै द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए। उनले श्रम सम्झौता र कार्यान्वयन प्रोटोकलको हालै अनुमोदन गरेकोमा नेपाल सरकारको प्रशंसा पनि गरे र यसले नेपाली कामदारका लागि इजरायलमा रोजगारीका अवसरहरू औपचारिक रूपमा खुला गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले इजरायल सरकारलाई नेपाली नागरिकका लागि रोजगारीका अवसर उपलब्ध गराएकोमा धन्यवाद दिँदै वर्तमान सरकारले आगामी सदन पुनः निर्वाचनमा केन्द्रित रहेको बताए। निर्वाचन शान्तिपूर्ण र प्रभावकारी रूपमा सम्पन्न गर्ने कुरा सुनिश्चित गर्न प्रतिबद्धता

