― Advertisement ―

घरबाट काम गर्दा जुम कलहरूमा समस्या भइरहेको छ? यो VPN ले तपाईंको सम्पूर्ण गृह कार्यालय अनुभव सुधार गर्न सक्छ

घरबाट काम गर्ने युगमा, भिडियो कलहरू पहिलेभन्दा धेरै महत्त्वपूर्ण छन् – जसको मतलब एक स्थिर जडान महत्त्वपूर्ण हुन सक्छ।यद्यपि, धेरै पटक म आफैंलाई बफरिङ...
HomeLatest newsप्रधानमन्त्री कार्कीलाई युवा परिषद्ले बुझायो वार्षिक प्रतिवेदन

प्रधानमन्त्री कार्कीलाई युवा परिषद्ले बुझायो वार्षिक प्रतिवेदन



२८ कात्तिक, काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रधानमन्त्री सुशीला कार्कीलाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो प्रतिवेदन बुझाइएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले विचलनमा गएका युवालाई सही मार्गदर्शन गर्नुपर्ने बताइन् ।

कार्कीले युवा मन्त्रालय, युवा परिषद् र अन्य सम्बद्ध निकाय मिलेर युवाको पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताइन्।

आफ्नो वार्षिक क्रियाकलाप तथा गतिविधि सहित परिषद्ले तयार गरेको १५४ पृष्ठको प्रतिवेदन परिषद्का पदेन अध्यक्ष समेत रहेका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले प्रधानमन्त्री कार्कीलाई बुझाएका हुन्।

प्रतिवेदनवारे प्रकाश पार्दै कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्ले युवा नेतृत्व विकास, क्षमता विकास, सिप विकास र उद्यमशीलताको विकासममा महत्त्वपूर्ण काम गर्दै आएको बताए।

बस्नेतले सीमित स्रोत र साधनका बाबजुद युवा सशक्तीकरणमा परिषद्ले निरन्तर जोड गर्दै आएको बताए ।





Read More