― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारप्रदीप पौडेल – KhabarHost

प्रदीप पौडेल – KhabarHost


फाइल तस्वीर



१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस मसान्तभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

कांग्रेसभित्र नियमित र विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पौडेलले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीका क्रममा उनले पुस मसान्तभित्र सक्ने गरी नियमित महाधिवेशन गर्नु नै अहिलेको समाधान भएको बताए ।

‘२४ मंसिरभित्र वडा अधिवेशन गर्ने, पुस मसान्तभित्र महाधिवेशन सक्ने,’ नेता पौडेलले भने, ‘यही नै नेपाली कांग्रेसको अहिलेको समाधान हो । निर्वाचनमा जानका लागि कांग्रेसले गर्नुपर्ने काम नै यही हो ।’

उनले यही विषयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा छलफल भइरहेको पनि बताए ।

‘त्यसैले त्यही कुरा हामीले गरिरहेका छौँ । त्यही छलफल भइरहेको छ,’ पौडेलले भने ।





Read More