― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsप्रथम चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठ्यो राजस्व

प्रथम चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र उठ्यो राजस्व


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा ७७.४९ प्रतिशत मात्र उठाएको छ।
  • भन्सार महसुलतर्फ कात्तिकसम्म लक्ष्यको ७६.९६ प्रतिशत र आन्तरिक राजस्व विभागले ८०.११ प्रतिशत मात्र राजस्व उठाउन सफल भएका छन्।
  • आयकर संकलन लक्ष्यको ६५.५९ प्रतिशत मात्र पुगेको छ भने शिक्षा सेवा शुल्क र अन्य कर लक्ष्यभन्दा बढी १२५.१० प्रतिशत उठेको छ।

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ ।

अर्थ मन्त्रालयका अनुसार यस अवधिमा सरकारले ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर वास्तविक संकलन भने ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

कात्तिक महिनामा मात्र सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । तर ७८ अर्ब ३३ करोड रुपैयाँ मात्र उठाउन सकेको छ ।  जुन ७५.४९ प्रतिशत हो ।

३० कात्तिकका दिन मात्र ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठेको अर्थ मन्त्रालयको तथ्यांक छ । गत आवको तुलनामा यस वर्ष पहिलो चौमासिकमा राजस्व केही बढी उठेको छ ।

गत आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकोमा कात्तिकसम्म ४ खर्ब ६ अर्बको लक्ष्य थियो । त्यसमध्ये संकलन ३ खर्ब २९ अर्ब २ करोड रुपैयाँ बराबर भएको थियो ।

भन्सार र आन्तरिक दुवै राजस्व लक्ष्य अनुसार उठेन

अर्थ मन्त्रालयका अनुसार पहिलो चौमासिकमा भन्सार र आन्तरिक राजस्व दुबै लक्ष्य अनुसार उठ्न नसकेको देखिन्छ । भन्सार महसुलतर्फ कात्तिकसम्म लक्ष्यको ७६.९६ प्रतिशत मात्र उठेको छ ।

यो अवधिमा सरकारले ९६ अर्ब ९२ करोड भन्सार महसुल संकलनको लक्ष्य राखेको थियो । संकलन भने ७४ अर्ब ५९ करोड रुपैयाँ मात्र भएको छ । मूल्य अभिवृद्धि करतर्फ  १ खर्ब २५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो । संकलन भने १ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ मात्र भएको छ । जुन लक्ष्यको ८५.५० प्रतिशत प्रगति हो ।

अन्तःशुल्कतर्फ ६७ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य थियो । संकलन भने ६२ अर्ब भएको छ । जुन ९१.७० प्रतिशत उठेको छ ।

शिक्षा सेवा शुल्क र अन्य कर भने लक्ष्यको तुलनामा १२५.१० प्रतिशत उठेको छ । जसमा १ अर्ब ६१ करोड संकलन लक्ष्य राखिएकोमा २ अर्ब उठेको छ । आयकर भने लक्ष्यको ६५.५९ प्रतिशत मात्र उठेको छ । ९३ अर्ब २३ करोड आयकर संकलनको लक्ष्य राखिएकोमा ६१ अर्ब १५ करोड रुपैयाँ मात्र संकलन भएको देखिएको छ ।

विभागको प्रगति 

कर उठाउने दुई विभागमध्ये दुवै विभाग लक्ष्य अनुसार  उठाउन असफल देखिएका छन् । भन्सार विभागले लक्ष्यको ७९.४५ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ ।

कात्तिकसम्म भन्सार विभागले १ खर्ब ९४ अर्ब २७ करोड लक्ष्य राखेकोमा १ खर्ब ५४ अर्ब ३५ करोड रुपैयाँ मात्र उठेको छ ।

आन्तरिक राजस्व विभागले लक्ष्यको ८०.११ प्रतिशत मात्र उठेको छ । यस अवधिमा आन्तरिक राजस्व विभागले १ खर्ब ९० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा संकलन १ खर्ब ५२ अर्ब रुपैयाँ मात्र उठेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More