― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsप्रत्यक्ष कार्यकारीले देशका सबै समस्या समाधान गर्छ भन्नु मुर्खता हो : अधिकारी...

प्रत्यक्ष कार्यकारीले देशका सबै समस्या समाधान गर्छ भन्नु मुर्खता हो : अधिकारी – KhabarHost



२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरू समाधान गर्छ भन्नु मुर्खता मात्रै हुने बताएका छन् ।

मंगबार काठमाडौंमा आयोजित मंगलवार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचन: चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अहिलेका नेताहरू पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन अवस्था के होला ? भन्दै उनले प्रश्न पनि गरे ।

दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? भन्नु मूर्खता मात्रै हुने बताए । समानुपातिक, समावेशी, संघीयताको कुरा ठट्टाको विषय नभएको उनले बतँए।

‘२० वर्ष अगाडिको सारंगी अहिले बजाउँदैछन् भन्नुभयो । तीन वटा मुख्य दलको नेताको त्यो पदमा पुगेपछि हेर्नुस् प्रवृत्ति । जुन राजनीतिक दलका नेताले आफ्नो पार्टीको पद छोड्न सक्दैनन् । तिनले सत्ता पाए भने छोड्छन् ?,’ उनको प्रश्न थियो, ‘दलित, मधेशी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? जाति, जनजाति, भाषाहरुको प्रतिनिधित्व यो संविधानले बोकिरहेको छ । समानुपातिक, समावेशी, संघीयताको कुरा जुन छ । यो ठट्टाको विषय होइन । ख्यालख्यालमा आएको होइन ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More