― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsप्रतिवेदन भन्छ- रोबोट आपूर्तिमा चीनले सबै देशलाई उछिन्यो

प्रतिवेदन भन्छ- रोबोट आपूर्तिमा चीनले सबै देशलाई उछिन्यो


फाइल तस्वीर


राष्ट्रिय

समाचार.

  • ओमडिया प्रविधि परामर्श संस्थाले सन् २०२५ मा चीनका एजीबोट कम्पनीले विश्व रोबोट बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।
  • एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्वमा पहिलो स्थान ओगटेको छ भने युनिट्री र युबिटेक दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
  • एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानले सन् २०२६ लाई रोबोट उद्योगका लागि महत्वपूर्ण मोड सावित हुने वर्ष हुने उल्लेख गर्नुभयो।

२७ पुस, शाङ्घाइ । एक उद्योगसम्बन्धी प्रतिवेदनले सन् २०२५ मा विश्वभर रोबोट उत्पादनमा चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडि रहेको खुलासा गरेको छ । यसले उदाउँदो निर्माण क्षेत्रमा चीनको तीव्र प्रगतिलाई स्पष्ट रूपमा देखाएको छ ।

लन्डनस्थित प्रविधि परामर्श संस्था ओमडियाले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार शाङ्घाइस्थित एजीबोटले वार्षिक पाँच हजार एक सयभन्दा बढी रोबोट आपूर्ति गर्दै विश्व बजारको ३९ प्रतिशत हिस्सा हासिल गरेको छ । आपूर्ति संख्या र बजार हिस्साको आधारमा कम्पनी विश्वमै पहिलो स्थानमा रहेको छ ।

यसपछि हाङझाउस्थित युनिट्री र सेन्जेनस्थित युबिटेक क्रमशः चार हजार दुई सय र एक हजार एकाइ आपूर्तिसहित दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

एजीबोट र युबिटेकका रोबोटहरू मुख्यतः व्यावसायिक र औद्योगिक क्षेत्रमा प्रयोग भइरहेका छन् भने युनिट्रीका रोबोटहरू अनुसन्धान, शिक्षा र उपभोक्ता बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन् ।

गत वर्ष लेजु रोबोट, इन्जिनएआई र फोरियरजस्ता अन्य चिनियाँ उत्पादकहरूसँगै अमेरिकाका फिगर एआई, एजिलिटी रोबोटिक्स र टेस्लाले पनि एक सय ५० देखि ५ सय एकाइसम्म आपूर्ति गरेका थिए । विश्वभर वार्षिक रूपमा करिब १३ हजार रोबोट आपूर्ति भएको अनुमान गरिएको छ ।

उत्पादन प्रतिस्पर्धात्मकताका आधारमा एजीबोट, फिगर एआई, टेस्ला, युबिटेक र युनिट्रीलाई अग्रपंक्तिका कम्पनीका रूपमा प्रतिवेदनले उल्लेख गरेको छ ।

इन्जिनएआई र युबिटेकसहितका चिनियाँ रोबोट उत्पादकहरूले आगामी दिनमा उत्पादन क्षमता बढाउने योजना बनाइरहेका छन् ।

एजीबोटका प्रमुख वैज्ञानिक लो जियानलानका अनुसार सन् २०२६ रोबोट उद्योगका लागि महत्वपूर्ण मोड सावित हुने वर्ष हो, जहाँ सीमित क्षमताबाट उच्च कार्यसम्पादन र व्यवहारिक प्रयोगतर्फ उद्योग अग्रसर हुनेछ ।

उनका अनुसार प्रयोगमा ल्याइने रोबोटको संख्या बढ्दै जाँदा वास्तविक प्रयोगबाट प्राप्त तथ्याङ्कसमेत बढ्नेछ, जसले अझ प्रभावकारी प्रणाली विकास गर्न सहयोग पुर्‍याउनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More