― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
HomeLatest newsप्रतिनिधि २४ सय, स्वयमसेवक १० हजार – KhabarHost

प्रतिनिधि २४ सय, स्वयमसेवक १० हजार – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको ११औँ महाधिवेशन मङ्सिर २७ गते भक्तपुरको खुल्लाचौरमा उद्घाटन हुँदैछ र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।
  • महाधिवेशनमा दुई हजार चार सय प्रतिनिधि सहभागी हुँदैछन् जसमा केन्द्रीय कमिटी, आयोगका पदाधिकारी स्वतः प्रतिनिधि छन्।
  • स्वयंसेवक १० हजार परिचालित हुनेछन् र मञ्च व्यवस्थापनका लागि खुल्लाचौरमा आवश्यक पूर्वाधार निर्माण भइरहेको छ।

२२ मंसिर, काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदैछ । बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार चार सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेमा ७७ जिल्ला र ७ विशेष जिल्ला गरी कूल ८१ वटा जिल्ला कमिटी छन् । संगठित सदस्यको अनुपातका आधारमा प्रतिनिधि संख्या यकिन गर्दै छनोट गरिएको छ ।

एमालेले प्रतिनिधि सभा अन्तर्गतको निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिध चयन गरेको छ ।

२९ सदस्यीय अनुशासन आयोग, ३० सदस्यीय केन्द्रीय लेखा आयोग, २५ सदस्यीय निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् २५ सदस्यीय छ ।

केन्द्रीय कमिटी, आयोग तथा निकायका पदाधिकारी एवम् सदस्य भने स्वतः प्रतिनिधि भएका छन् । बाँकी प्रतिनिधि भने चुनावी विधिबाटै छानिएर, चुनिएर आएका हुन् ।

प्रदेश स्तरीय कमिटीबाट दुई जना महिला सदस्यससहित पाँच जनाका दरले ४५ जना चुनिएका छन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्रको हकमा १२ सय पार्टी सदस्य बराबार ४० वर्षमुनिका एक युवा, कम्तीमा एक जना महिलासहित ४ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

महाधिवेशनमा स्वयमसेवक भने १० हजार परिचालित हुँदैछन्। स्वयंसेवक पार्टीका विभिन्न २४ जनसंगठन र विभिन्न कमिटीबाट तयार पारिएको छ । राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको काम गर्नेछ ।

एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा महाधिवेशनको जनपरिचालन समिति गठन गरिएको छ । उक्त समितिमा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायत रहेका छन् ।

सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुल्लाचौरमा करिब दुई लाख जनसहभागिताको क्षमता छ । उक्त चौरमा मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिएका छन् ।

उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गर्ने गरी व्यवस्थापन गरिँदैछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More