― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest news‘प्रकाश सपुत मेला यात्रा २०८२’ देशका १० स्थानमा हुने

‘प्रकाश सपुत मेला यात्रा २०८२’ देशका १० स्थानमा हुने


राष्ट्रिय

समाचार.

  • कलाकार प्रकाश सपुतले एनसेल फाउन्डेसनसँग सहकार्यमा देशका १० स्थानमा ‘प्रकाश सपुत मेला यात्रा २०८२’ गर्ने भएका छन्।
  • सपुतले गीत गाउने मात्र नभई नृत्यकार समूहसँग अभिनय र नाच पनि प्रस्तुत गर्नेछन्।
  • सपुतको टिमले स्टोरी टेलिङको नवीनतम अवधारणामा डेढ घण्टाको कार्यक्रम प्रस्तुत गर्नेछ।

काठमाडौं । कलाकार प्रकाश सपुतले देशका बिभिन्न स्थानमा ‘प्रकाश सपुत मेला यात्रा २०८२’ गर्ने भएका छन् । २ वर्ष पछि पुनः स्टेज कार्यक्रममा फर्किएका उनले एनसेल फाउन्डेसनसँगको सहकार्यमा सांगीतिक यात्रा गर्ने भएका हुन् ।

यस सिजनका लागि देशका १० स्थानमा मनोरञ्जन, सेवा र सामाजिक सन्देशसहित गायक सपुत र डान्सर समूहले विशेष कार्यक्रम प्रस्तुत गर्ने गरी कार्यक्रम परिकल्पना गरिएको दिल शिरीषले बताए ।

‘सपुतले अरु कार्यक्रममा जस्तै गीत त गाउने नै छन् तर, यसपटक गीत मात्रै गाउने छैनन्, उनी स्वयमले पर्फमेन्स पनि गर्नेछन्’, सपुतका अधिकांश प्रोजेक्टमा सहकार्य गरेका शिरीषले भने, ‘उनीसँगै नृत्यकारको समूहले गीतको भावना र मर्म अनुसार अभिनय र नाच मञ्चमा प्रस्तुत गर्नेछन् ।’

‘स्टोरी टेलिङ’को नवीनतम अवधारणामा यो कार्यक्रमले दर्शकलाई पृथक अनुभूति हुने गायक सपुत र टिमको विश्वास छ । यसले टिकट काटेर महोत्सवमा आउने दर्शकलाई लाइभ कार्यक्रमको जिवन्त अनुभूति प्रदान गर्ने जनाइएको छ ।

फिल्म ‘पूर्णबहादुरको सारंगी’ हिट भए पछि लगातार एकपछि अर्को फिल्ममा अभिनय गरेका सपुत लोकसंगीतमा पनि निकै रुचाइएका कलाकार हुन् ।

औषत मानिएको चलचित्र ‘वसन्त’ बनाएका उनले केही महिना अघि प्रदर्शित फिल्म हरिबहादुरको जुत्ता, माइतीघर, सोल्टिनीमा अभिनय गरेका थिए । उनीद्धारा अभिनित चलचित्र मिरमिरे, परालको आगो प्रदर्शनको तयारीमा छन् ।

लोकसंगीतको कुरा गर्दा ७० मिलियन पटक हेरिएको गलबन्दी, ७१ मिलियन पटक हेरिएको सकम्बरी, ४८ मिलियन पटक हेरिएको बुझिन मैले, ४७ मिलियन पटक हेरिएको कुरा बुझ्नुपर्छ, ३० मिलियन पटक हेरिएको दोहोरी ब्याटल होस्, २५ मिलियन पटक हेरिएको बोल माया जस्ता बिभिन्न रेकर्ड राख्न सफल गीत छन् ।

डेढ घण्टाको कार्यक्रमका लागि सपुतसहित डान्सर, सहयोगी लगायतको १२ भन्दा बढीको टिम हुनेछ । यसलाई प्रकाश सपुत एन्ड टिम ब्यान्डको रुपमा ब्रान्डिङ गर्ने सपुत बताउँछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More