― Advertisement ―

‘परिवारमा स्वागत छ’ – Qualcomm भन्छ कि यो खुशी छ कि Nvidia RTX Spark को साथ आर्म रेसमा सामेल भएको छ।

मै Qualcomm सँग Computex 2026, र यदि, म जस्तै, तपाईं कसरी सोचिरहनु भएको थियो कि कम्पनी — जसमा एक पटक <a-id-line=" मा विन्डोज थियो।...
HomeLatest newsपोखरामा भव्य रुपमा नेपथ्यको कन्सर्ट सम्पन्न – KhabarHost

पोखरामा भव्य रुपमा नेपथ्यको कन्सर्ट सम्पन्न – KhabarHost


राष्ट्रिय

समाचार.

  • पोखरा एभेन्जर्सले २२ कात्तिकमा पोखरामा ‘क्रिकेटका लागि नेपथ्य’ नारासहित नेपथ्यको कन्सर्ट भव्य रुपमा आयोजना गरेको छ।
  • कन्सर्टमा दस हजारभन्दा बढी दर्शक सहभागी भएका थिए र जर्सी बिक्रीबाट उठेको रकम सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिनेछ।
  • क्यानका सचिव पारस खड्काले क्रिकेट युनाईट्स नेपाल नामक नयाँ लोगो एनपीएलका आठ टिमको जर्सीमा समावेश गर्ने घोषणा गरेका छन्।

२२ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा शुक्रबार पोखरामा भएको नेपथ्यको कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

‘क्रिकेटका लागि नेपथ्य’ नारासहित पोखरा रंगशालाको फुटबल स्टेडियममा कन्सर्ट सम्पन्न भएको हो । कन्सर्टमा दस हजार भन्दा बढी दर्शकको सहभागिता रहेको पोखरा एभेन्जर्सले जनाएको छ ।

क्रिकेटलाई संगीतसँग जोड्ने उद्देश्यसहित यो कन्सर्टको आयोजना गरिएको पोखरा एभेन्जर्सले जनाएको छ । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले नेपथ्यको बन्सर्ट भव्य रुपमा समपन्न भएको बताए ।

‘सुरुमा कन्सर्ट आयोजना गर्ने सोच्दा विभिन्न चुनाैती भएपनि सबैको साथ र सहयोगले कन्र्सट सफलपूर्वक सम्पन्न भयो । दर्शकहरुको राम्रो उपस्थिती रह्यो । यसबाट खेलकुद र संगितको राम्रो कनेक्सन समेत बनको छ’ त्रिपाठीले भनेका छन् ।

कन्सर्टमा नेपथ्यले आफ्ना चर्चित गीतहरुका साथै देशप्रेम झल्काउने गाउँ गाउँ बाट उठ, बस्ती बस्ती बाट उठ, रातो र चन्द्र सूर्य लगायत डेढ दर्जन गीत गाएका थिए । साँझ ६ बजे सुरु भएको कन्सर्ट नेपथ्यले करिब साढे दुई घण्टा प्रस्तुती दिएको थियो ।

ओ राम राम गीतबाट सुरू भएको कन्सर्टमा नेपथ्यका गायक अमृत गुरुङले चर्चित गीतहरु रेशम, भेडाको उनजस्तो, पहिलो एल्बमबाट आँगनै भरी, जोगले हुन्छ भेट, तालको पानी, यो जिन्दगानी, सिरानमा फोटो छ, मै नाचे छमछमती, नैनी ताल लगायत गीत गाएका थिए । उनले पोखरा रंगशालासँग आफ्नो पूरानो सम्बन्ध रहेको भन्दै २०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद हेरेको स्मरण गरे ।

गुरुङले कन्सर्ट आयोजना गरेकोमा पोखरा एभेन्जर्सलाई धन्यवाद दिँदै एनपीएलको दोस्रो संस्करणका लागि राम्रो प्रदर्शन गर्न सुझाव दिए । यस्तै दर्शकहरुले पनि निकै सव्य र भव्यताका साथ नेपथ्यको कन्सर्टमा रमाए । नेपथ्यको कन्सर्ट ऐतिहासिक भएको उनीहरुको प्रतिक्रिया थियो ।

कन्सर्ट हर्न पोखरा एभेन्जर्सले दर्शकका लागि जर्सी किनेर कन्सर्ट हेर्ने व्यवस्था गरेको थियो । कन्सर्टका लागि पोखराले ७ हजार जर्सी बिक्री गरेको थियो । जर्सी किन्ने दर्शककले टिकटको सट्टा जर्सी पाउने र कन्सर्ट पनि हेर्न पाउने व्यवस्था थियो ।

जर्सी बिक्रीबाट उठेको रकम गण्डकीका सामुदायिक विद्यालयमा क्रिकेट किट वितरणमा खर्च गरिने पोखरा एभेन्जर्सले जनाएको छ ।

पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले पोखरा एभेन्जर्स क्रिकेट टिम र नेपथ्यप्रति समर्थकहरुले अपार माया देखाएको र एकदमै उत्साहित बनाएको बताए । अब मैदानमा खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्ने उनको विश्वास छ ।

‘समर्थकहरुले पोखरा एभेन्जर्स र नेपथ्यप्रति देखाएको यो मायाले हामी उत्साहित भएका छौं । क्रिकेटको विकासमा लिजेन्ड्री ब्यान्ड नेपथ्यसँग सहकार्य गर्न पाउँदा हामी खुशी छौं’ उनले भने ।

यस्तै कन्सर्ट सुरु हुनु अगाडि क्यानका सचिव पारस खड्काले क्रिकेट युनाईट्स नेपाल नामक नयाँ लोगो एनपीएलको आठवटै टिमको जर्सीको अगाडि समावेश गर्ने भिडियो सन्देशमार्फत घोषणा गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More