― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsपेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु

पेरूमा ट्रकसँग ठोक्किएको बस खोँचमा खस्दा ३७ जनाको मृत्यु



काठमाडौं । पेरूमा ट्रकसँग ठोक्किएर २०० मिटर खोँचमा यात्रुबाहक खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । बसमा ६० जना यात्रु सवार थिए ।

पेरूलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा बुधबार बिहान ट्रकसँग ठोक्किएर बस खोँचमा खसेर दुर्घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोक्किएको थियो र त्यसपछि ओकोना नदीतिरको खाल्डोमा खसेको थियो ।

रिपोर्टका अनुसार दुर्घटनामा दुवै चालक भने बाँच्न सफल भएका छन् ।

ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाका अनुसार दुर्घटना स्थल वरपरको भूभाग धेरै उबडखाबड थियो र यस क्षेत्रमा पहिले पनि धेरै गम्भीर दुर्घटनाहरू भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More