― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
Homeखेलकुद़़पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने

पूजाले बंगलादेशको नसरिनबाट साफ क्लब च्याम्पियनसिप खेल्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट साफ महिला क्लब च्याम्पियनसिप खेल्ने भएकी छन्।
  • नसरिन स्पोर्ट्स क्लबले पूजा रानालाई अनुबन्ध गरेको सामाजिक सञ्जालमा बुधबार पोस्ट राखेर जनाएको छ।
  • प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ र पाँच देशका क्लबहरू सहभागी हुनेछन्।

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेन्डर पूजा रानाले आसन्न साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् ।

क्लबले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै पूजा रानालाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । क्लबले ऐतिहासिक साइनिङ भन्दै पूजालाई अनुबन्ध गरिएको जनाएको हो ।

पूजाले हाल भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् । उनी नेपाली टोलीकी नियमित सदस्य हुन् ।

‘पूजाले आफ्नो अनुभव, सिर्जनात्मक खेल र लडाकु भावना सहित नासरिन स्पोर्ट्स एकेडेमीलाई आगामी सिजनमा अझ सबल बनाउनेछिन्’ क्लबले भनेको छ ।

प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा  पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नस्रिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।

राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।





Read More