― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsपुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि – KhabarHost

पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि – KhabarHost


राष्ट्रिय

समाचार.

  • चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सले उपाधि जितेका छन्।
  • सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३-४५ ले पराजित गरेको थियो भने जुनियर ब्वाइजमा ग्रिनफिल्डले राराहिललाई २८-२५ ले हरायो।
  • गर्ल्सको थ्री बाइ थ्रीमा स्वर्णिमले पुष्पसदनलाई १०-३ ले हराएको थियो र प्रतियोगितामा ५१ टिमले प्रतिस्पर्धा गरेका थिए।

१ मंसिर, काठमाडौं । आयोजक पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमले चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् ।

पुष्पसदन सिनियर ब्वाइज, ग्रिनफिल्ड जुनियर ब्वाइज र स्वर्णिम गर्ल्सको थ्री बाइ थ्रीमा च्याम्पियन बने ।

कीर्तिपुरस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा पुष्पसदनले राराहिललाई ७३-४५ ले सहजै पराजित गर्‍यो । पुष्पसदनका सम्राट लामाले १९ स्कोर गरे ।

जुनियर ब्वाइजको फाइनलमा ग्रिनफिल्डले राराहिललाई २८-२५ ले हरायो । ग्रिनफिल्डका लागि सोहन नेवाले १० अंक जोडे ।

यसैगरी गर्ल्सको थ्री बाइ थ्री मा स्वर्णिमले पुष्पसदनलाई १०–३ ले हरायो । स्वर्णिमकी हिसी ल्हामु लामाले ५ अंक जोडिन् ।

सिनियर ब्वाइजमा पुष्पसदनका सुशान सोजु श्रेष्ठ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका किस्मत ढकाल र सिनियर गर्ल्समा हिसी ल्हामु लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर ब्वाइजमा मेगसका सिमोन सिजाली, जुनियर ब्वाइजमा पुष्पसदनका विनम्र थापा मगर र सिनियर गर्ल्समा निःसर्ग वाटिकाकी इशाना श्रेष्ठ उदीयमान खेलाडी  घोषित भए ।

सिनियर ब्वाइजमा युनाइटेड युनिभर्सल, जुनियर ब्वाइजमा बाघभैरव र सिनियर गर्लसमा कुलेश्वरले फेयर प्ले टिमको उपाधि हात पारे ।

विजेतालाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, कीर्तिपुर नगरपालिका वडा ९ का अध्यक्ष दिनेश श्रेष्ठ, पुष्पसदनका संस्थापक अध्यक्ष महेश श्रेष्ठ, प्रिन्सिपल मनीषा श्रेष्ठ र भाइस प्रिन्सिपल निमा लामा, पुष्पसदनका पूर्व विद्यार्थी राष्ट्रिय पुरुष बास्केटबल टोलीका निश्चल महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

कात्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा ७ र गर्ल्समा २५ टिमले प्रतिस्पर्धा गरेका थिए ।





Read More