सांकेतिक तस्बिर ।
राष्ट्रिय
समाचार.
- चिकित्सकीय रूपमा बसेर वा उभिएर पिसाब गर्दा स्वास्थ्यमा कुनै स्पष्ट फरक नदेखिएको छ, तर सामान्यतया बसेर पिसाब गर्नु राम्रो मानिन्छ।
पुरुषहरूका लागि पिसाब गर्ने सही तरिका के हो ? यो त्यस्तो प्रश्न हो, जसमा सधैं बहस भइरहन्छ ।
चिकित्सकीय रूपमा अहिलेसम्म कुनै पक्का प्रमाण भेटिएको छैन कि बसेर पिसाब गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ कि उठेर । तर यसमा एउटा सामान्य सहमति भने छ बसेर पिसाब गर्नु बढी राम्रो तरिका हो ।
बेलायतको युरोलजी फाउन्डेसनकी अध्यक्ष डा. मेरी गार्थवेटका अनुसार पिसाब गर्ने कुनै एकदमै सही वा गलत तरिका छैन, यो हरेक व्यक्तिमा निर्भर गर्छ । ‘यदि शौचालय सफा छ भने बसरे गर्नु बढी सुरक्षित हुन्छ’ डा. गार्थवेट भन्छिन् । ‘हिँडडुल गर्न वा सन्तुलन राख्न समस्या भएका वा राति निद्रा खुल्दा सिधै शौचालय दौडनुपर्नेहरूका लागि बसेर पिसाब गर्नु धेरै सुरक्षित हुने उनको भनाइ छ ।
नेदरल्यान्ड्सको लिडेन युनिभर्सिटीको एक अध्ययनमा चिकित्सकहरूले शारीरिक अवस्थाले पिसाबको गति र मुत्राशय पूरै खाली हुने समयलाई कसरी असर गर्छ भनेर हेरेका थिए।
प्रोस्टेट बढेका पुरुषहरू बसेर पिसाब गर्दा मूत्राशय छिटो र पूरै खाली गर्न सक्छन् भन्ने अध्ययनमा पाइयो । तर स्वस्थ पुरुषहरूमा खास फरक देखिएन ।
अधिकांश पुरुषहरूका लागि उभिएर पिसाब गर्नु धेरै सजिलो र व्यावहारिक तरिका हो । यो कुरा सार्वजनिक शौचालयमा केटीहरूको तुलनामा केटाहरूको लाइन कति छिटो चल्छ भनेर थाहा पाउन सकिन्छ । तर उभिएर पिसाब गर्दा छिटाहरू पर्ने डर बढी हुन्छ । यदि नजिकै अरू कोही छ भने उसका लागि यो निकै फोहोर अनुभव हुन सक्छ ।
यो केवल सिट वा भुइँमा गल्तीले पर्ने थोपाहरूको कुरा मात्र होइन । अमेरिकी इन्जिनियरहरूले पत्ता लगाए अनुसार उभिएर पिसाब गर्दा माइक्रोस्कोपिक थोपाहरू विभिन्न कोणमा र धेरै टाढासम्म उड्छन्, जसले नजिकै राखिएको टुथब्रशसमेत बचाउन सकिँदैन ।
केही संस्कृतिहरूमा भने बस्ने सल्लाह दिइन्छ । उदाहरणका लागि इस्लाममा यो सुन्नतको हिस्सा मानिन्छ, जुन पैगम्बर मुहम्मदको समयदेखि चलिआएको परम्परा र तरिका हो । तर पुरानो बानी सजिलै कहाँ जान्छ र ? आज पनि अधिकांश पुरुषहरू उभिएरै पिसाब गर्छन् ।
एक अध्ययन अनुसार बेलायतमा केवल ३३ प्रतिशत पुरुष पिसाब गर्दा हरेक पटक बस्छन्, ६७ प्रतिशत सधैं उभिएर पिसाब गर्छन् । आश्चर्यको कुरा भने जर्मनीमा बसेर पिसाब गर्ने पुरुषलाई बसरे पिसाब गर्ने मान्छे भनेर जिस्क्याइन्छ र त्यसलाई पुरुषोचित व्यवहार मानिंदैन ।
ब्राजिलमा त पुरानो भनाइ नै छ– बसेर पिसाब गर्नु त महिलाहरू र भ्यागुताहरूको काम हो । के पुरुषहरूलाई पिसाब गर्ने तरिका परिवर्तन गर्न सदियौंदेखिको बानीसँग लड्नुपर्छ ?
अक्सफोर्ड युनिभर्सिटीका विकासवादी मनोविज्ञान विशेषज्ञ डा. रोबर्ट डनबार भन्छन्– त्यस्तो होइन । उनी भन्छन्, ‘उभिएर पिसाब गर्ने कुनै पनि सदियौंदेखिको कारण छैन ।’ अर्थात् बसरे पिसाब गर्नेलाई मन नपराउने पुरुषहरूको बहाना बनाउने ठाउँ नै सकियो ।
डा. गार्थवेट भन्छिन्, ‘साँचो कुरा के हो भने केही पुरुषलाई उभिएर पिसाब गर्न आरामदायक लाग्छ, केहीलाई बसेर ।’त्यसैले जबसम्म डाक्टरले स्पष्ट रूपमा भन्दैनन्, विश्वभरका पुरुषहरूका लागि यो उनीहरूको इच्छाको कुरा नै रहनेछ ।
यदि श्रीमती/गर्लफ्रेन्डले दबाब दिइरहेकी छिन् वा शौचालयको भित्तामा जर्मन स्टाइलमा लेखिएको छ– ‘कृपया बसिदिनुहोस्’ भने अलिकति सोच्नुपर्ने हुन सक्छ ।
बीबीसीबाट
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

