News Summary
Generated by OK AI. Editorially reviewed.
- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रोसले १३ कात्तिकमा राजीनामा दिएका छन्।
- अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिएका छन्।
- रोसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् र उनको राजीनामाको कारण खुलाइएको छैन।
१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए ।
यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेल सुरु हुन लाग्दा प्रशिक्षक नियुक्त भएका रसले राजीनामा दिनुको कारणबारे खुलेको छैन ।
रसको आगमनपछि नेपाली फुटबल टोलीले खेलेका ७ अन्तर्राष्ट्रिय खेलमा १ जित हात पार्दा २ बराबरी र ४ हारको नतिजा आएका छन् ।
रोसको प्रशिक्षणमा खेलेको पहिलो खेलमै नेपालले सिंगापुरलाई हराएको थियो भने त्यसपछि जित निकाल्न सकेको छैन ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

