― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest news‘पीकेजी बाथवेयर’ देखि इटालियन आल्मुनियम सिस्टमसम्म – KhabarHost

‘पीकेजी बाथवेयर’ देखि इटालियन आल्मुनियम सिस्टमसम्म – KhabarHost


राष्ट्रिय

समाचार.

  • पञ्चकन्या ग्रुपले ११औं नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पोमा नयाँ ‘पीकेजी बाथवेयर’ स्यानिटरी लाइन सार्वजनिक गरेको छ।
  • ग्रुपले इटालीको ‘एलुके’ आल्मुनियम सिस्टमको आधिकारिक च्यानल पार्टनर भएर प्रिमियम ढोका र झ्याल उपलब्ध गराइरहेको छ।
  • पञ्चकन्याले स्मार्ट वाल हङ कमोड र १० वर्षसम्मको वारेन्टीसहितका अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू नेपालमा ल्याएको छ।

२२ माघ, काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना पञ्चकन्या ग्रुपले बिहीबारदेखि सुरु भएको ‘११औं नेपाल बिल्डकन इन्टरनेसनल एक्स्पो’ मा आफ्नो प्रभावकारी उपस्थिति जनाउँदै नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

ग्रुपले स्यानिटरी, प्रिमियम विन्डोज र बाथवेयर क्षेत्रमा विश्वस्तरीय प्रविधि र गुणस्तर भित्र्याएको जानकारी दिएको छ ।

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठले एक्स्पोमा पहिलो पटक ‘पीकेजी बाथवेयर’ ब्रान्ड अन्तर्गत स्यानिटरी लाइन सार्वजनिक गरिएको बताए ।

ग्राहक, इन्जिनियर र आर्किटेक्टहरूको सुझाव ध्यानमा राखेर यो नयाँ ब्रान्ड विकास गरिएको उनको भनाइ छ । एक्स्पोको हल नम्बर ए१०१ मा प्रदर्शित यी सामग्रीमा विभिन्न डिजाइनका बेसिन र कमोड समावेश छन् ।

इटालियन प्रविधि र आधुनिक विन्डोज सिस्टम

पञ्चकन्या डिमेक्सका प्रबन्ध निर्देशक रितेश सिलवालका अनुसार कम्पनीले इटालीको प्रख्यात ‘एलुके’ आल्मुनियम सिस्टमको नेपालका लागि आधिकारिक च्यानल पार्टनरका रूपमा प्रिमियम ढोका, झ्याल उपलब्ध गराइरहेको छ ।

यो सिस्टम ७० भन्दा बढी देशमा प्रचलित छ र यो वाटर टेस्ट तथा विन्ड लोड टेस्ट गरिएको पूर्णत: सुरक्षित र टिकाउ मानिन्छ । विशेषगरी १० देखि १५ फिटसम्मका ठूला स्लाइडिङ ढोका, सिमलेस ‘इन्फिनियो’ सिरिज र साउन्डप्रुफ झ्यालहरू कम्पनीका मुख्य आकर्षण हुन् ।

नेपालमै उत्पादित रंगिन यूपीभीसी झ्यालहरूमा जर्मनीको फोइल ल्यामिनेसन प्रयोग गरिएको र यसमा २० वर्षसम्मको वारेन्टी रहेको सिलवालले जानकारी दिए । साथै, गाडीको झ्यालमा प्रयोग हुने ‘टीपीई’ ग्यास्केट प्रविधि प्रयोगले यी झ्याल अझ स्तरीय बनाएको उनको भनाइ छ ।

गुणस्तर, बजार र शतप्रतिशत ब्रास फिटिङ्स

पञ्चकन्या बाथवेयरले नेपाली बजारमा प्रवेश गरेको एक वर्षभित्रै उल्लेख्य व्यावसायिक सफलता हासिल गरेको छ । कम्पनीका सेल्स हेड वसन्त रिजालका अनुसार हालसम्म नेपालभरि १८ वटा मुख्य वितरक र १ सयभन्दा बढी सहायक डिलर मार्फत कारोबार गर्न कम्पनी सफल भएको छ ।

गुणस्तर मामिलामा पञ्चकन्याले अन्य ब्रान्डको तुलनामा भिन्न पहिचान बनाएको दाबी कम्पनीको छ । बजारमा उपलब्ध अधिकांश ब्रान्डले जिंक मिश्रित ह्यान्डल प्रयोग गरिरहेको समयमा पञ्चकन्याले आफ्ना उत्पादनमा शतप्रतिशत ‘हनी ब्रास’ प्रयोग गरेको छ ।

सन् २०१८ यता ब्रासजन्य उत्पादनको माग र बजार ७० प्रतिशतले बढेको उल्लेख गर्दै रिजालले पञ्चकन्याका सामान छुनेबित्तिकै उपभोक्ताले यसको शुद्धता र गुणस्तर अनुभव गर्न सक्ने बताए ।

स्मार्ट कमोड र अत्याधुनिक सेवा

यसै वर्षदेखि कम्पनीले स्यानिटरी सामानको शृङ्खला पनि बजारमा ल्याएको छ । पञ्चकन्याले बाथरुममा देखिने पानीको न्यून प्रेसर र सक्सनको समस्या समाधान गर्न शक्तिशाली फ्लसिङ सिस्टम भएका कमोड ल्याएको छ ।

कम्पनीले नेपालमै पहिलो पटक ‘स्मार्ट वाल हङ’ कमोड सार्वजनिक गरेको छ, जसमा अटोमेटिक फ्लसिङ प्रविधि जडान गरिएको छ । भित्तामा झुन्डिने यस्तो कमोडले बाथरुमको भुइँ सफा राख्न मद्दत गर्ने र कीटाणु जम्न नदिने रिजालले जानकारी दिए । साथै, कम्पनीका बेसिन पेडेस्टलहरू १० वर्षसम्म पनि पहेँलो नहुने र चमक कायम रहने गरी उत्पादन गरिएको दाबी गरिएको छ ।

यी उत्पादनमा अन्तर्राष्ट्रिय स्तरका फिटिङ्स प्रयोग गरिएको छ । कम्पनीले आफ्ना उत्पादनमा आकर्षक वारेन्टीको व्यवस्था समेत गरेको छ, जस अन्तर्गत सिट कभरमा ३ वर्ष, भित्री फिटिङ्समा २ वर्ष र ग्लेजमा १० वर्षको वारेन्टी उपलब्ध छ ।

त्यसैगरी धाराहरूमा १० वर्षसम्म नि:शुल्क ग्राहक सेवा प्रदान गरिने प्रतिबद्धता कम्पनीले जनाएको छ । ग्राहकलाई सहज सेवा दिन हालसम्म नेपालका विभिन्न २० स्थानमा ग्राहक सेवा केन्द्र स्थापना भइसकेका छन् ।

विशेष अफर

एक्स्पो अवधिभरि पञ्चकन्याका उत्पादनहरू बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले १० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरेको छ । उपभोक्ताले यी अत्याधुनिक उत्पादनको प्रत्यक्ष अनुभव र जानकारी प्रदर्शनी स्थल वा कम्पनीको कार्यालयबाट लिन सक्नेछन् ।

निर्माण सामग्री क्षेत्रमा गुणस्तर र नवीनता प्राथमिकता दिँदै पञ्चकन्या ग्रुपले नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउँदै लगेको प्रतिनिधिहरूले बताएका छन् ।





Read More