― Advertisement ―

विश्व कीर्तिमान आरसी कार इन्जिनियरले “थोरै हास्यास्पद” २५० माइल प्रतिघण्टा लक्ष्य पछ्याउन आफ्नो थ्रीडी प्रिन्टेड गाडीलाई पुन: डिजाइन गर्न थाल्छ।

फेब्रुअरीमा रेकर्ड-3एमपी कार्ड प्रयोग गरी पुग्यो। ड्रोन-संचालित ड्राइभट्रेनपरियोजना 250 रिडिजाइनले चेसिसलाई साँघुरो पार्ने र विद्युतीय शक्ति बढाउनमा केन्द्रित छइन्जिनियरले अपग्रेड गरिएका मोटरहरू र उच्च...
HomeLatest newsपासपोर्ट अभाव हुन नदिन कसरी हुँदैछ काम ? – KhabarHost

पासपोर्ट अभाव हुन नदिन कसरी हुँदैछ काम ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • राहदानी विभागले पुरानै आपूर्तिकर्ता कम्पनीसँग ७ लाख पासपोर्ट आपूर्ति गर्न सम्झौता गरेको छ र तीन साताभित्र १ लाख पासपोर्ट नेपाल आइपुग्ने छ।
  • हाल विभागसँग १ लाख ३८ हजार ३ सय १ खाली पासपोर्ट पुस्तिका छन् जसले कम्तीमा एक महिना पुग्ने विभागका महानिर्देशक तीर्थराज अर्यालले बताए।
  • पासपोर्ट अभाव सहज बनाउन विभागले दैनिक ३ हजार आवेदन स्लट खोल्दै छ र दुई साताभित्र जिल्ला र विदेशस्थित नियोगमा पासपोर्ट पठाउने तयारी गरेको छ।

१० मंसिर, काठमाडौं । राहदानी (पासपोर्ट) अभाव सहज हुन थालेको राहदानी विभागले जनाएको छ । केही महिनायता देखिएको अभाव बिस्तारै सहज हुँदै गएको जनाएको हो ।

राहदानी नपाइ सास्ती भोगिरहेका सेवाग्राहीका समस्या समाधानतर्फ राहदानी विभागले ठोस पहल अघि बढाएको जनाएको छ । विभागका महानिर्देशक तीर्थराज अर्यालका अनुसार अन्तरिम अवधि व्यवस्थापनका लागि पुरानै आपूर्तिकर्ता कम्पनी ‘आईएन स्मार्ट आइडेन्टिटी फ्रेन्स एसएएस’ सँग भेरिएसन अर्डर मार्फत ७ लाख पासपोर्ट र त्यससँग सम्बन्धित सेवा आपूर्ति गर्न सम्झौता गरिएको छ ।

सम्झौता अनुसार तीन साताभित्र १ लाख पासपोर्ट पुस्तिका नेपाल आइपुग्ने छ भने करिब १५-२० दिनको फरकमा अर्को १ लाख पुस्तिका थप आउने छ ।

हाल विभागसँग १ लाख ३८ हजार ३ सय १ खाली पासपोर्ट पुस्तिका मौज्दात छ, जसमा १ लाख १९ हजार सामान्य पासपोर्ट छन् । सामान्यतया एक महिनामा १ लाख १० हजारसम्म पासपोर्ट आवश्यक पर्ने भएका कारण मौज्दातले कम्तीमा एक महिना पुग्ने विभागले जनाएको छ ।

‘तीन साताभित्र १ लाख राहदानी पठाउँछन्, त्यसको १५ दिनपछि फेरि अर्को १ लाख आउँछ, अहिले हामीसँग १ लाख २० हजार पासपोर्ट छ, त्यतिले कम्तीमा एक महिना पुग्छ,’ महानिर्देशक अर्यालले भने, ‘अब १७-१८ दिनभित्र अर्को लट आउँछ, त्यसपछि पासपोर्ट कमी हुन्न, अनि त्यो नसकिँदै फेरि अर्को आउँछ, त्यसरी कन्टिन्यु हुँदै जाने हो ।’

विभागले दुई साताभित्र करिब १ लाख पासपोर्ट छाप्ने लक्ष्य राखेको छ । हालैका दिनमा बढेको ‘ब्याकलग’ हटाउन विभिन्न दूतावास तथा जिल्ला पठाउन लागिएको अर्यालले बताए ।

विभागले हाल दुबई, कतार, अस्ट्रेलिया लगायत देशमा समेत पासपोर्ट पठाउने तयारी तयारी गरेको छ ।

विदेशस्थित नेपाली नियोगमा पासपोर्टका लागि आवेदन दिएका आवेदकको पासपोर्ट एक/दुई साताभित्र छपाइ गरी पठाउने विभागले जनाएको छ ।

पुस्तिका अभाव, जेनजी आन्दोलन र चाडपर्वका कारण माग बढेपछि हाल पासपोर्ट अभाव देखिएको महानिर्देशक अर्यालको भनाइ छ ।

पासपोर्ट पुस्तिका पर्याप्त आपूर्ति नहुनु, जेनजी आन्दोलनका कारण क्षतिग्रस्त पासपोर्ट पुन: जारी गर्नुपर्ने तथा सामान्यतया छठपछि अचानक माग बढ्नेजस्ता कारण अहिले समस्या देखिएको उनको भनाइ छ ।

‘एकैचोटि तीन वटा चिज पर्‍यो, एउटा जेनजीका कारण क्षति भयो, त्यसको पनि रिप्लेस गर्नुपर्‍यो, दोस्रो सधैंजसो हुने छठपछि पासपोर्टको माग बढ्छ, यहाँ आएर बनाउने हुन्छ,’ अर्यालले भने, ‘त्यसले पनि बढ्छ, तेस्रो भनेको त्यही बेलामा हामीसँग पासपोर्ट पनि पर्याप्त भएन, यी तीन कारण अलि तनाव पर्‍यो ।’

विभागले पुरानो कम्पनीसँग गरिएको भेरिएसन अर्डर मार्फत आपूर्ति हुने ७ लाख राहदानी ३१ जुलाईभित्र पुग्ने समय निर्धारण छ । तर, अर्यालका अनुसार सबै पुस्तिका चैत–वैशाखसम्मै छपाइ सकिन सक्ने अनुमान छ ।

त्यसपछि भने नयाँ आपूर्तिकर्ता कम्पनीले तयार पारेको प्रणालीमा स्विच गर्ने अर्थात् ‘दुइटा सिस्टमबीच स्विच ओभर’ मार्फत पासपोर्ट छापिने उनले बताए ।

‘ठगहरू’ विरुद्ध कडाइ

पासपोर्ट विभाग परिसरमा देखिने ‘ठगहरू’ नियन्त्रण गर्न नेपाल प्रहरीदेखि विभागका कर्मचारी समेत सक्रिय रहेको बताए । राहदानी बनाइदिने बहानामा सेवाग्राहीलाई दु:ख दिनेहरू विरुद्ध निगरानी बढाएसँगै अहिले त्यो क्षेत्रमा कम देखिएको उनको भनाइ छ ।

विभाग वरिपरि त्यस्ता खालका गिरोह कम देखिए पनि बसपार्क, गौशाला लगायत क्षेत्रमा भने त्यस्ता खालका ठगहरू देखिने गरेका छन् । उनीहरूले पासपोर्ट बनाइदिने तथा अनलाइन आवेदन भरिदिने भन्दै सेवाग्राहीबाट १ हजार ५ सय देखि २ हजारसम्म लिने गरेको पाइएको हो ।

विभागले हाल कोटा प्रणाली हटाएर दैनिक ३ हजार हाराहारी आवेदन स्लट खोल्दै आएको छ ।

‘अहिले सहज भइसकेको छ, लामो लाइन भएर केही असहज देखिएको मात्र हो,’ महानिर्देशक अर्यालले भने, ‘तर, पासपोर्ट नपाइने भन्ने छैन, जुन समयमा अप्वाइन्टमेन्ट लिएको हो त्यो समयमा नआउँदा लाइन बढी देखिएको हो ।’

दिउँसो १ बजेका लागि अप्वाइन्टमेन्ट भए पनि बिहानै १० बजे आउँदा विभागमा भिडभाड बढी देखिएको उनले बताए । आफ्नो समय अनुसार आउन उनको अनुरोध छ । जिल्ला र मिसनमा पनि दुई साताभित्र पासपोर्ट पठाइसक्ने उनको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More