― Advertisement ―

HomeLatest newsपार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौं : महत – KhabarHost

पार्टीको विशेष महाधिवेशन हुँदैन, नियमित नै गर्छौं : महत – KhabarHost



३० असोज, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीको नियमित महाधिवेशन नै हुने दाबी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विशेष महाधिवेशन नहुने र १५ औं महाधिवेशन हुने जिकिर गरे ।

‘विशेष महाधिवेशनको कुरा छैन, अधिवेशन नै हुन्छ । १५ औं महाधिवेशन गर्दा वडादेखि माथिसम्म सदस्यता टुंग्याउने लगायतका विषय सागसँगै गर्नुपर्नेछ । यिनै विषयमा केन्द्रीत रहेर छलफल हुन्छ,’ उनले भने ।

अहिले कार्यसमितिको पदावधि नै सकिइसकेको अवस्थामा विशेष महाधिवेशन नहुने उनको भनाइ थियो ।

त्यस्तै, जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेका भनाइहरूलाई मध्यनजर गरेर छलफल गर्ने बताए ।

‘सभापतिले पनि केही महत्त्वपूर्ण कुरा राख्नुभएको छ । त्यसलाई पनि मध्यनजर गरेर छलफल गर्छौं,’ उनले भने ।

केन्द्रीय समिति बैठकमा नेताहरूले कहिले महाधिवेशन गर्ने भन्नेबारे छलफल हुने उनको भनाइ थियो ।

‘महाधिवेशनको सन्दर्भमा मंसिर २१ गते चार वर्ष हुन्छ । यो अवस्थामा हामीले अधिवेशन कहिलेसम्म गर्न सक्छौं । हामी ज्यादा समय लिँदैनौं । निर्वाचनलाई पनि अधिवेशनको कारणले प्रतिकूल असर परोस् भन्ने हामी चाहँदैनौं । सम्पूर्ण विधि प्रक्रिया पनि पूरा गर्नुपर्नेछ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More