― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeअन्तर्राष्ट्रियपाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट, १२ जना घाइते

पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट, १२ जना घाइते


राष्ट्रिय

समाचार.

  • पाकिस्तानको सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा ग्यास सिलिण्डर विस्फोट भएको छ।
  • विस्फोटमा कम्तीमा १२ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर छ।
  • इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीले ग्यास चुहावट र एसी मर्मतबारे अदालत प्रशासनलाई ध्यानाकर्षण गराइएको बताए।

१८ कात्तिक, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतमा ग्यास सिलिण्डर विस्फोट भएको छ । विस्फोटमा परेर कम्तीमा १२ जना घाइते भएका छन् ।

इस्लामावाद प्रहरीका आईजी अली नासिर रिजवीका अनुसार अदालतको बेसमेन्टमा रहेको क्यान्टिन (चमेनागृह) मा मंगलबार बिहान १०: ५५ बजेतिर ग्यास सिलिण्डर विस्फोट भएको थियो । विस्फोटले अदालतको पूरै भवन नै हल्लियो ।

अदालतको चमेनागृहमा वातानुकूलित इकाई मर्मत भइरहेका बेला ग्यास सिलिण्डर पड्किएको अधिकारीहरूले बताएका छन् ।

इस्लामावाद प्रहरीका आईजी रिजवीले भने, ‘ क्यान्टिनमा धेरै दिनदेखि ग्यास चुहावट भइरहेको थियो, विस्फोटका बेला एसी मर्मत गरिरहेका प्राविधिकहरू त्यहीं भएर उनीहरू सबभन्दा धेरै घाइते भएका छन्, एक प्राविधिकको शरीरको ८० प्रतिशत भाग जलेको छ ।’

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै आईजी रिजवीले ग्यास चुहावट र एसी प्रणालीको मर्मतबारे अदालत प्रशासनको ध्यानाकर्षण गराइएको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More