― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsपश्चिम नवलपरासी र पाल्पामा चुनावबाट प्रतिनिधि चयन, कपिलवस्तु र रुकुमपूर्वमा सर्वसम्मत –...

पश्चिम नवलपरासी र पाल्पामा चुनावबाट प्रतिनिधि चयन, कपिलवस्तु र रुकुमपूर्वमा सर्वसम्मत – KhabarHost



१४ मंसिर,बुटवल । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासी  र पाल्पा जिल्लामा निर्वाचनबाट प्रतिनिधि चयन भएका छन् ।

नवलपरासी क्षेत्र नं. १ बाट दिपेन्द्र कुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन् ।

क्षेत्र नंं. २ बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन् ।

पाल्पा क्षेत्र नं १ बाट खेम बहादुर सारु, नारायण आचार्य, दमन सिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गा देवी राना, तिरण कुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन् ।

क्षेत्र नं २ बाट रामजी पोखरेल, ओम बहादुर घर्ती, धनेन्द्र राज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लाल बहादुर दर्लामी, तुल बहादुर अधिकारी, श्रीकृष्ण पान्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दिपक विश्वकर्मा (युवा), रन्जिव कुवर र  श्रीकृष्ण पोखरेल निर्वाचित भएका एमाले प्रचार विभागका डिआर घिमिरेले जानकारी दिए ।

कपिलवस्तु र रुकुम पूर्वबाट सर्वसम्मत प्रतिनिधि चयन

यसैगरी नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत कपिलवस्तु र रुकुम पूर्वबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।

कपिलवस्तु क्षेत्र नं १ बाट डम्मर शर्मा, विश्राम प्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन् ।

क्षेत्र नं. २ बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् ।

क्षेत्र नं. ३ बाट अर्जुन कुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन् ।

दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन् ।

यसैगरी रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर,⁠ भावना बुढाथोकी, ⁠गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् ।





Read More