― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
Homeपशुपति परिसरमा जुत्ता लगाएको भन्दै गृहमन्त्रीमाथि टिप्पणी

पशुपति परिसरमा जुत्ता लगाएको भन्दै गृहमन्त्रीमाथि टिप्पणी



६ कात्तिक, काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री ओमप्रकाश अर्यालको एउटा तस्वीर भाइरल बनिरहेको छ ।

हिजो (बुधबार) गृहमन्त्री अर्यालले पशुपतिनाथ मन्दिरमा कैद गरेको एक तस्वीरबारे सञ्जालमा विभिन्न टिप्पणी हुन थालेका छन् ।

गृहमन्त्री अर्याल हिजो पशुपति मन्दिर गएका थिए । सपरिवार पशुपति दर्शन गर्न पुगेका गृहमन्त्री अर्यालले जुत्ता लगाएर खिचेको एउटा तस्वीरमाथि अहिले टिप्पणी हुन थालेको हो ।

पशुपति मन्दिर परिसरमा छालाको जुत्ता, पर्स, बेल्ट लैजान पाइँदैन । भित्र फोटो पनि खिच्न पाइँदैन । सञ्जालमा भने गृहमन्त्रीले छालाको जुत्ता लगाएर दर्शन गरेको भन्दै आलोचना भइरहेको हो ।

तर, उनको सचिवालयका अनुसार, उक्त तस्वीर मन्दिर दर्शन गरेर फर्किसकेपछिमात्रै खिचिएको हो ।

‘…हामी स्पष्ट पार्न चाहन्छौं कि उक्त तस्बिर गृहमन्त्रीज्यूले दर्शन सकेर बाहिर निस्कने क्रममा, पशुपतिको मन्दिर परिसर बाहिर खिचिएको हो,’ गृहमन्त्रीको सचिवालयले भनेको छ, ‘हामी सम्पूर्ण नेपालीहरूको आराध्य देव श्री पशुपतिनाथ सङ जोडेर यस्ता भ्रम पुर्ण सूचनाहरू सम्प्रेषण नगर्न नगराउन अनुरोध गर्न चाहन्छौं ।’

उक्त तस्वीर खिचिएको स्थान पशुपतिनाथको मुल मन्दिर भन्दा निकै बाहिर खिचिएको समेत सचिवालयले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More