― Advertisement ―

UFC 327 साँच्चै सस्तो हेर्न को लागी एक डरलाग्दो तरीका छ …

UFC 327 ले मियामीको कासेया सेन्टरमा रहेको खाली UFC लाइट हेवीवेट च्याम्पियनसिपको लागि Jiří Procházka ले कार्लोस उलबर्गसँग खेल्दा उच्च दांवको नाटक गर्ने वाचा...
HomeLatest newsपर्साका ३ क्षेत्रमा सर्वसम्मत, १ मा टुंगिन बाँकी – KhabarHost

पर्साका ३ क्षेत्रमा सर्वसम्मत, १ मा टुंगिन बाँकी – KhabarHost


राष्ट्रिय

समाचार.

  • पर्साको तीन निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन्।
  • पर्सा क्षेत्र नम्बर ४ को प्रतिनिधि चयन सोमबार बिहान टुङ्गो लाग्नेछ।
  • तीन क्षेत्रका प्रतिनिधिमा संस्थापन समूहको प्रभुत्व देखिएको छ।

१४ मंसिर, बारा । पर्साको तीन निर्वाचन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि टुंगिएको छ ।

चारवटा निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर ४ बाहेक अन्यत्र सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरिएको एमाले पोलिटब्युरो सदस्य ज्वाला साहले जानकारी दिइन् ।

‘क्षेत्र नम्बर ४ मा पनि सहमतिको प्रयास हुँदैछ, सोमबार बिहान बसेर टुङ्गो लगाउछौं,’ साहले भनिन् ।

पर्सा क्षेत्र नम्बर १ बाट ९ जना, क्षेत्र नम्बर २ बाट ७ जना र क्षेत्र नम्बर ३ बाट ८ जनागरी आइतबार बेलुकीसम्म २४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएको प्रमुख निर्वाचन अधिकृत बिनोद गिरीले जानकारी दिए ।

पर्सा ४ को प्रतिनिधि सोमबार बिहान टुङ्गो लाग्नेछ । प्रतिनिधि टुंगिएका तीनवटै क्षेत्रमा संस्थापन हावी देखिएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट विजयकुमार सरावगी, विश्वम्भर शर्मा, राजेन्द्र यादव, बसरुद्दिन अन्सारी, नवराज शर्मा, सविता गिरी, मुना दाहाल, रन्जु फुयाँल र महम्मद निजाम चुनिएका छन् ।

क्षेत्र नम्बर २ बाट लियाकत अलि, उस्मान अन्सारी, मनोज कुशवाहा, जयनारायण सिंह, सीता लामा, रमिला खातुन र सन्तोष पासवान महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्रीसमेत रहेका राजकुमार गुप्ता, प्रह्लाद गिरी, प्रमोद जैसवाल, प्रधुमन चौहान, शिव पटेल, रुबी ठाकुर, उर्मिला देवी, सबिना खातुन र रवि गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More