― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsपरिस्थितिले फेरि एक ठाउँमा आइयो – KhabarHost

परिस्थितिले फेरि एक ठाउँमा आइयो – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबीच एकताको सहमति भएको छ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
  • एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ।

९ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरे ।

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दबाबलाई ध्यानमा राखेर विगतका कमी कमजोरी नदोहोरिने गरी एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरूलाई एकतामा आउन आह्वान समेत गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै विगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए । उनले चुनावभन्दा अघि भ्रष्टाचार र कुशासनको अन्त्यका लागि उपयुक्त तयारी गर्न सकेमात्रै चुनावको अर्थ हुने उल्लेख गरे ।

चारबर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।





Read More