― Advertisement ―

Homeराष्ट्रिय समाचारपरराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट - KhabarHost - नेपालको नम्बर १ अंग्रेजी...

परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूतको भेट – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख ७

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा राजदूतले खनाललाई पदभार ग्रहण गरेपछि चिनियाँ विदेशमन्त्री वाङ यीले दिएको शुभकामना सन्देश दिएका थिए।

दुई पक्षले नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने र पारस्परिक हितकारी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



थप पढ्नुहोस्