― Advertisement ―

UK ड्राइभिङ सिद्धान्त परीक्षण बैठक कोठामा जान सक्छ किनकि DVSA ले बढ्दो ब्याकलग संकट र ढिलाइको बीचमा रिमोट परीक्षाहरू अन्वेषण गर्दछ।

रिमोट परीक्षणले लामो समयको प्रतीक्षालाई कम गर्न सक्छ। ब्याकलग दबाबले परम्परागत परीक्षण विधिहरूको पुनर्विचार गर्न बाध्य पारिरहेको छएआई प्रोक्टोरिङले निष्पक्षता र निरीक्षणको बारेमा नयाँ...
HomeLatest newsपदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान – KhabarHost

पदमबहादुर अधिकारी पुर्पक्षका लागि कारागार चलान – KhabarHost



१८ पुस, विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेशपछि अधिकारी जिल्ला कारागार मोरङ चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ ।

असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो ।

मंसिर २१ गते जग (जस्टिस फर अंशु गौतम) अपरेसन मार्फत बलात्कारपछि हत्या भएको निष्कर्षसहित अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको थियो । बयानका क्रममा उनले बलात्कार प्रयास असफल भएपछि हत्या गरेको स्वीकार गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More