― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest news‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लियो

‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लियो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ‘वरिष्ठ बलराम’को पाश्र्वगीत ‘न्याउली बनैमा’ युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ।
  • यो तथ्यांक पछिल्लो २८ दिनको हो र गीतले दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई पछि पारेको छ।
  • ‘भ्वाइस अफ नेपाल’ सिजन ४ का फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको छ।

काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’मा समावेश पाश्र्वगीत ‘न्याउली बनैमा’मा युट्युब चार्ट्सको शीर्षस्थानमा उक्लिएको छ ।

यो तथ्यांक पछिल्लो २८ दिनको हो ।

दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ र कला लम्साल-आशिष अविरलको ‘अन्टी लभर’लाई उछिनेर उक्त गीत पहिलो स्थानमा पुगेको हो ।

‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीद्वारा संगीतबद्ध ‘न्याउली बनैमा’लाई अहिलेसम्म युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिएको छ ।

गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा विजय बराल र समृद्धि अर्यालले नृत्य गरेका छन् । प्रदीप लामाको नृत्य निर्देशन छ ।

समधुर लय र मिठासले भरिएको यो गीत अहिले टिकटक र रिल्समा रुचाइएको छ । हलमा पनि दर्शकले यो गीतमा इन्जोय गरेका छन् ।





Read More