― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeविजनेसनेसनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ।
  • कार्यक्रममा महानायक राजेश हमालले संघर्ष र निरन्तरताले सफलता सम्भव भएको बताउँदै जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो।
  • करिब ३०० जना अभिकर्ताले सहभागिता जनाएका कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्तालाई सम्मान पत्र प्रदान गर्नुभयो।

१४ कात्तिक, काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको कार्यक्रममा भदौ महिनामा सञ्चालन भएको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई महानायक राजेश हमालको प्रेरक विचार तथा अनुभव प्रदान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुख, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभर उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्तालाई सम्बोधन गर्दै आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताको मुख्य भूमिका रहेको उल्लेख गरे । देशैभरबाट करिब ३०० जना अभिकर्ता छनौट हुनले अभिकर्तामा उत्साह थपिएको पुष्टि हुने उनले बताए ।

छनोट भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्र प्रदान गरे । यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा महानायक हमालले विगतमा गरेको संघर्ष तथा निरन्तरताले सफलता सम्भव भएको बताउँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले जिम्मेवारीलाई निरन्तरता दिएमा सफलता मिल्ने बताए ।

 





Read More