― Advertisement ―

Homeविजनेस‘नेवानिलाई तीन भागमा छुट्याइ पुनर्संरचना गर्दा उत्तम’

‘नेवानिलाई तीन भागमा छुट्याइ पुनर्संरचना गर्दा उत्तम’


राष्ट्रिय

समाचार.

  • सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नेपाल वायुसेवा निगमलाई तीन भागमा छुट्याएर पुनर्संरचना गर्न सिफारिस गरेको छ।
  • आयोगले अन्तर्राष्ट्रिय उडानमा अनुभवी कम्पनीसँग व्यवस्थापन साझेदारी गर्न र ग्राउन्ड ह्यान्डलिङका लागि छुट्टै निकाय बनाउन सुझाव दिएको छ।
  • आन्तरिक उडानलाई छुट्टै सरकारी निकाय बनाइ थप जहाज खरिद गरी सञ्चालनमा ल्याउन आयोगले सिफारिस गरेको छ।

१९ कात्तिक, काठमाडौं । सरकारले गठन गरेको उच्चस्तरीय आयोगले नेपाल वायुसेवा निगम (नेवानि) लाई तीन भागमा छुट्याइ पुनर्संरचना गर्न सिफारिस गरेको छ ।

नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले नेवानिलाई अन्तर्राष्ट्रिय उडान, आन्तरिक उडान र ग्राउन्ड ह्यान्डलिङ सेवा छुट्याएर नियमन गर्न भनेको छ । आयोगले अन्तर्राष्ट्रिय उडानमा अनुभवी अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवस्थापन साझेदारीको समेत पहल गर्न भनेको छ ।

ग्राउन्ड ह्यान्डलिङमा छुट्टै निकाय बनाएर चुस्त सेवा दिनसमेत आयोगले सुझाव दिएको छ । यसका लागि कर्मचारीलाई अन्तर्राष्ट्रिय स्तरको सिप, दक्षता र कौशल प्रदान गर्नसमेत भनेको छ ।

आन्तरिक उडानलाई समेत छुट्टै सरकारी निकायका रूपमा विकास गर्ने र थप जहाज खरिद गरी सञ्चालनमा ल्याउन आयोगले सुझाव दिएको छ । निगम अहिले ५० अर्ब हाराहारी ऋणमा छ ।

उक्त ऋण लगानी समेत जोखिममा रहँदा पनि कसैले जिम्मेवारी नलिएकोमा आयोगले प्रश्न गरेको छ । अहिले नेवानिको आर्थिक अवस्था नै चिन्ताजनक स्थितिमा रहेको समेत आयोगको भनाइ छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More