― Advertisement ―

ह्याकरहरूले GitHub मार्फत मालवेयर फैलाउन OpenClaw को शोषण गर्छन् – र Bing बाट थोरै मद्दत

साइबर अपराधीहरू खुल्ला कानुनका साथ लोकप्रिय शोषण दुर्भावपूर्ण GitHub repos ले Vidar र GhostSocks मालवेयर डेलिभर गर्छMalvertising अभियानहरूले Bing मार्फत कलंकित स्थापनाकर्ताहरूलाई फैलाउँछ id="89c0b648-03f6-49c6-8191-1d03c5b8b6df">जब...
Homeराष्ट्रिय समाचारनेपाली सेनाको हेलिकप्टरले दुर्गम क्षेत्रबाट मतपेटिका बोकेको - KhabarHost - Nepal's No.1...

नेपाली सेनाको हेलिकप्टरले दुर्गम क्षेत्रबाट मतपेटिका बोकेको – KhabarHost – Nepal’s No.1 English Daily Newspaper


काठमाडौं, फागुन ५

नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन र सर्वसाधारणको सहकार्य र समन्वयमा आज प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

निर्वाचनपछि आज साँझ राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले एकीकृत निर्वाचन सुरक्षा योजनाअन्तर्गत गरिएको तयारीले निर्वाचनलाई सुरक्षित रुपमा सम्पन्न गर्न सघाएको बताए।

निर्वाचनलाई लक्षित गर्ने शंकास्पद गतिविधिलाई अन्य सुरक्षा निकायको सहयोगमा समयमै नियन्त्रणमा लिइएको बस्नेतले बताए ।

नेपाली सेनाका कर्मचारी गत महिनादेखि निर्वाचनसम्बन्धी काममा खटिएका थिए। मतपेटिका ढुवानीका लागि अब निर्वाचन सुरक्षाका लागि राखिएका हेलिकप्टरको प्रयोग गरिने छ।

निर्वाचन आयोगको योजना अनुसार दुर्गम क्षेत्रका मतदान केन्द्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने छ ।



थप पढ्नुहोस्