काठमाडौं, जुन १०
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । यो हारसँगै नेपाल एसीसी टी–२० एसिया कप छनोटको दौडबाट बाहिरिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट रंगशालामा आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५६ रनले पराजित भएको हो । थाइल्यान्डले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रनमा अलआउट भयो।
नेपालका लागि रुबिना खत्रीले अविजित २० रनको योगदान गरिन् । यस्तै सोनी पाख्रिनले १५ र सम्झना खड्का र सीता रानामगरले १२/१२ रन जोडे भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १३० रन बनाएको थियो।
थाइल्याण्डका नानापत खोन्चारुयाङ्काईले अविजित ६२ रनको योगदान दिए। त्यसैगरी फनिता माईले २६ रन, चनिडा सुथिरुवाङले १६ र कप्तान नरुमोई छाइभाईले ८ रन जोडिन् ।
बलिङमा नेपालका कविता कुँवर, रुबिना क्षेत्री र रिया शर्माले १–१ विकेट लिए । यसअघि यही महिना मलेसियामा भएको खेलमा नेपाल चीनसँग पराजित हुँदै एसियाली खेलकुदको छनोटबाट पनि बाहिरिएको थियो । एसियाली खेलकुद यस वर्ष जापानमा हुँदैछ।
js = d.createElement(s);
js.id = आईडी;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(कागजात, 'स्क्रिप्ट', 'फेसबुक-jssdk'));
थप पढ्नुहोस्

