― Advertisement ―

रूसी ह्याकरले जेमिनी सीएलआईलाई ह्याकिङ एजेन्टमा परिणत गर्दछ, सानो आकारको बोटनेट सिर्जना गर्दछ

रूसी ह्याकरले गुगल ह्याकरको प्रयोग गर्‍यो "810000000A-11f1" दन्त चिकित्सालयमा botnetआक्रमणकारीले AI लाई पेन परीक्षकको रूपमा प्रस्तुत गरेर, C2 पूर्वाधार माइग्रेट गर्न, कनेक्टिभिटीको समस्या निवारण...
Homeखेलकुद़़नेपालले नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तय गरेको छ।
  • खेल बंगलादेशको मैदानमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ।
  • गत सेप्टेम्बरमा बंगलादेशी टोलीले नेपालमा खेल्दा पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आउँदो नोभेम्बरमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलको तयारीस्वरुप मैत्रीपूर्ण खेल हुने भएको हो ।

नोभेम्बर १३ (कात्तिक २७ गते)मा बंगलादेशसँग उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजेबाट सुरु हुनेछ।

मलेसियासँगको एसियन कप छनोट खेल नोभेम्बर १८ मा हुँदैछ।

यसअघि गत सेप्टेम्बरमा बंगलादेशी टोलीले नेपालमा आएर खेलेको थियो । दुई मैत्रीपूर्ण खेल हुने भनिएपनि जेनजी आन्दोलनका कारण दोस्रो खेल रद्द भएको थियो।

पहिलो मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा सकिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More