― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeखेलकुद़़नेपालको इन्ड्युरेन्स मोटरसाइक्लिङमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ प्रयास

नेपालको इन्ड्युरेन्स मोटरसाइक्लिङमा पहिलो पटक ‘आयरन बट च्यालेन्ज’ प्रयास


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालका बाइकर्स प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइड ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ प्रयास गरेका छन्।
  • उनीहरूले २४ घण्टाभित्र १,००० माइल दूरी पूरा गर्ने चुनौतीमा कठिन भू–भाग र प्रतिकूल मौसमका कारण यात्रालाई अधूरो अवस्थामा रोक्नुपरेको छ।
  • यो प्रयासले नेपाललाई विश्व इन्ड्युरेन्स मोटरसाइकलिङ समुदायमा प्रवेश गराउने ऐतिहासिक सुरुवात भएको र आगामी यात्राको संकेत गरेको उनीहरूले बताए।

१४ कात्तिक, काठमाडौं । नेपालले आफ्नो मोटरसाइकलिङ इतिहासमा नयाँ अध्याय लेखेको छ । नेपाली बाइकर्सद्वय प्रमोद श्रेष्ठ र स्वप्न प्रधानले पहिलोपटक आधिकारिक रूपमा विश्वकै कठिन इन्ड्युरेन्स राइडमध्ये एक, ‘आयरन बट च्यालेन्ज – स्याडलसोर १०००’ प्रयास गरेका छन् ।

यो यस्तो चुनौतीपूर्ण रेस हो जसमा २४ घण्टाभित्र १,००० माइल (१,६०९ किमी) दूरी पूरा गर्नुपर्छ । उनीहरुले दुईवटा सिएफमोटो मोटरसाइकल -सिएफमोटो ४५०एमटी र सिएफमोटो ४५०एनके बाट यो साहसिक प्रयास गरेका थिए ।

यो साहसिक प्रयासलाई नेपालको कठिन भौगोलिक भूभागमा विश्वप्रसिद्ध इन्ड्युरेन्स च्यालेन्ज ल्याउने पहिलो प्रयासको रुपमा लिइएको छ ।

श्रेष्ठ र प्रधानले नेपाललाई विश्व इन्ड्युरेन्स राइडिङका लागि सक्षम देखाउने उद्देश्यका साथ आफ्नो यात्रा सुरु गरेका थिए । तर कठिन भू–भाग, अस्थिर मौसम र बिग्रँदै गएको सडक अवस्थाका कारण उनीहरूले अन्ततः यात्रालाई अधूरो अवस्थामा नै सुरक्षित रूपमा रोक्ने निर्णय गरे ।

दुई राइडरले अत्यन्तै सावधानीपूर्वक योजना बनाएर उच्च उत्साहका साथ आफ्नो यात्रा सुरु गरेपनि मौसम प्रतिकूल भएपछि सुरक्षा कारणले उनीहरुले यात्रालाई बीचमै रोक्नुपरेको हो ।

यो प्रयासले नेपाललाई विश्व इन्ड्युरेन्स राइडिङ समुदायमा प्रवेश गराउने ऐतिहासिक सुरुवातको संकेत गरेको दुई राइडरले बताए ।

यस पटक उनीहरुले यो लक्ष्य पूरा गर्न नसकेपनि यस प्रयास नै नेपाली मोटरसाइकलिङ इतिहासमा एक महत्वपूर्ण मोड बनेको छ । जसले नेपाललाई अन्तर्राष्ट्रिय इन्ड्युरेन्स मोटरसाइकलिङ समुदायमा प्रवेश गराएको छ ।

‘नेपालसँग इन्ड्युरेन्स र एडभेन्चर मोटरसाइकलिङका लागि आवश्यक भू–भाग, उत्साह र साहस सबै छ । हामी विश्वलाई यो देखाउन चाहन्छौं,’ प्रमोद श्रेष्ठले भने ।

त्यस्तै, स्वप्न प्रधानले यो प्रयास पूरा नभएपनि इन्ड्युरेन्स मोटरसाइकलिङमा ठूलो सुरुवात भएको बताए । ‘हामीले पार गरेका प्रत्येक किलोमिटरले नेपाली राइडरहरूको क्षमता प्रमाणित गर्‍यो । यो प्रयास अधुरो रह्यो, तर यो अझ ठूलो यात्राको सुरुवात हो ।’

इन्ड्युरेन्स र एडभेन्चरका लागि निर्माण गरिएको टुरिङ बाइक सिएफमोटो ४५० एमटीबाट नेपालका विविध भू–भागमा उत्कृष्ट स्थिरता, सहज सस्पेन्सन र आरामदायी राइडिङ अनुभवका कारण प्रभावशाली रहेको र सिएफमोटो ४५० एनके सिटी परफर्मेन्स बाइकको रूपमा चिनिने, लामो हाईवे यात्रामा पनि स्थिर, सहज र आरामदायी साबित भएको उनीहरुले बताए ।

श्रेष्ठ र प्रधानको यो प्रयासलाई सिएफमोटो नेपाल, लोकोमो नेपाल, लिक्वी मोली नेपाल र पेट्रोनास स्प्रिन्टा नेपालले सहयोग गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More