― Advertisement ―

अन्तरिक्ष मिररहरू आउँदैछन् स्टार्टअप योजनाहरू विशाल उपग्रह नेटवर्कको रूपमा कृत्रिम डेलाइटलाई पृथ्वीको कक्षबाट तल ल्याउनको लागि।

सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने एपको FCC डिजाइन गर्न पृथ्वीस्टार्टअपले दिनको उज्यालो अवधि विस्तार गर्न सक्षम हजारौं कक्षीय ऐनाहरू योजना बनाएको छवैज्ञानिकहरूले चेतावनी दिए कि...
Homeराष्ट्रिय समाचारनेपाल मेडिकल काउन्सिलमा उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु

नेपाल मेडिकल काउन्सिलमा उपाध्यक्ष र आठ सदस्यका लागि निर्वाचन प्रक्रिया सुरु



१९ कात्तिक, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य पदका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल मेडिकल काउन्सिल ऐन र नियमावलीबमोजिम हुने यो निर्वाचनका लागि काउन्सिलले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

समितिको प्रमुख निर्वाचन अधिकृतमा प्रा. डा. रविन्द्रमान श्रेष्ठ, निर्वाचन अधिकृतमा प्रा.डा. ज्योतितारा मानन्धर र डा. विदुर अधिकारी छन् ।

काउन्सिलले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१क र २१ख बमोजिम यो समिति गठन गरेको जनाएको छ ।

उपाध्यक्ष पदका लागि उम्मेदवार बन्न कम्तीमा १५ वर्षको चिकित्सकीय अनुभव भएको दर्तावाला चिकित्सक हुनुपर्नेछ ।  त्यस्तै, सदस्य पदका लागि कम्तीमा ५ वर्षको अनुभव भएको दर्तावाला चिकित्सकले मात्र उम्मेदवारी दिन पाउनेछन् ।

काउन्सिलमा विधिपूर्वक दर्ता भएका सम्पूर्ण चिकित्सकले मतदान गर्न पाउनेछन् । हाल कायम निर्वाचित पदाधिकारीहरूको पदावधि १  पुस २०८२ सम्म छ ।





Read More